कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूकम्प प्रभावितलाई ३४ करोड २७ लाख वितरण

२५ सय १५ प्रभावित छुट भएको उजुरी
रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाका भूकम्प प्रभावितलाई पहिलो र दोस्रो किस्तावाफत ३४ करोड २७ लाख अनुदान रकम वितरण गरिएको छ । 

भूकम्प प्रभावितलाई ३४ करोड २७ लाख वितरण

जिल्लाका २ हजार ७ सय ९६ प्रभावितले पहिलो र दोश्रो किस्ता वापतको रकम प्राप्त गरेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यावस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय प्रमुख दीपनारायण शाहले जानकारी दिए । जस अन्तर्गत हालसम्म ७ स्थानीय तहका भूकम्प प्रभावित लाभग्राही मध्ये पहिलो किस्तावाफत २ हजार ४ सय ८३ घरलाई १२ करोड २१ लाख ५० हजार र दोस्रो किस्ता १ हजार ४ सय ५७ घरले २१ करोड ८५ लाख अनुदान पाएको शाहले बताए ।


भूकम्प प्रभावित भएको तर मुल्यांकनमा अनुदानका लागि मापदण्ड अनुसार छुटेको भन्दै कार्यालयमा उजुरी गर्ने उल्लेख्य रहेका छन् । २ हजार ५ सय १५ प्रभावितले उजुरी दिएका छन् । ग्रामिण क्षेत्रका बासिन्दाले पर्याप्त जानकारी नपाउँदा लाभदायी सूचिमा समावेश गर्नबाट छुट भएको कार्यालयले जनाएको छ ।


पूननिर्माण प्राधिकरणले पछिल्लो समय पुन: पत्राचार गरेर छुट भएकालाई समावेश गर्न मौका दिएको छ । ‘उजुरी दिएका तथा अन्य छुट भएका सबैलाई समावेश गर्न सकिने छ,’ कार्यालय प्रमुख शाहले भने, ‘सूचिकृत हुनबाट छुट भएकालाई प्राधिकरणले मौका दिएको छ ।’ सबैभन्दा बढी महालक्ष्मी नगरपालिकामा १ हजार ७ सय १८ र कम साँगुरीगढी गाउँपालिकामा ४४ जनाले छुटको लागि गुनासो दर्ता गराएका छन् । ७ स्थानीय तह मध्ये सबैमा छुट भएकाको कार्यालयमा उजुरी परेको छ ।


धनकुटा नगरपालिकामा १ सय २, सहिदभूमि गाउँपालिका १ सय ३५, चौबिसेमा ६३ जना प्रभावितले भुकम्प प्रभावितबाट बञ्चित भएको भन्दै गुनासो दर्ता गराएका छन् । प्राविधिक खटाएर वास्तविक प्रभावितको टुंगो लागेपछि अनुदानका लागि सूचिकृत गरिने जनाईएको छ ।


तेस्रो किस्ताको अनुदानका लागि निवेदन आए पनि कतिपयले पहिलो र दोस्रो किस्ता वापतको रकमले घर निर्माण सुरु नगरेकाले स्थलगत रुपमा निरीक्षण गरेर अनुदान रकम निकासा गरिने जनाइएको छ । जिल्लामा तेस्रो किस्तावाफत २७ करोड ९६ लाख अनुदान दिइने तयारी गरिएको छ । भूकम्प पीडितलाई पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता १ लाख ५० हजार र तेस्रो किस्तावाफत १ लाख गरी कुल ३ लाख वितरण गरिने व्यवस्था रहेको स्रोतले जनाएको छ ।

प्रकाशित : आश्विन ६, २०७५ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?