कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

धरानमा बालिका बलात्कृत, बलात्कारी तत्कालै पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — बालिका बलात्कार गरेको आरोपमा धरान उपमहानगरपालिका–११ बस्ने ३० वर्षीय दुर्गाबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बलात्कार घटना भएको केही घण्टापछि नै प्रहरीले पक्राउ गरेको हो ।

धरानमा बालिका बलात्कृत, बलात्कारी तत्कालै पक्राउ

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सुमनकुमार तिम्सिनाका अनुसार विश्वकर्माले १२ वर्षीय बालिकालाई डर देखाएर सप्तरंगी पार्क नजिकैको शेर्पा समुदायको संरक्षित जग्गाको कम्पाउण्ड भित्र बलात्कार गरेका थिए ।



बलात्कार लगतै बालिकाले आमालाई रुदै भनेपछि प्रहरीलाई जानकारी दिइएको थियो । आरोपीलाई मातेको अवस्थामा घरैबाट पक्राउ गरी आइतबार थप अनुसन्धानकालागि जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको प्रनाउ तिम्सिनाले बताए ।


पीडित बालिकाका आमाले भनिन्, ‘डर देखाएर बलात्कार गरी छोरीको जिन्दगी बरबाद गर्‍यो । यो फटाहालाई मृत्युदण्ड हुन्छ कि सर्वस्वसहित आजिवन काराबास हुन्छ, हदैसम्मको कारवाहीको व्यवस्था हुनु परो ।’


प्रहरीले पीडित बालिकाका आमा र परिवारले दिएको मौखिक जाहेरीको आधारमा विश्वकर्मालाई पक्राउ गरी सोधपुछ गर्दा आरोप स्वीकार गरेका दाबी छ । बालिकाको शारिरिक र मानसिक स्वास्थ्य परिक्षणकालागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उनको अवस्था सामान्य देखिएकाले अभिभावकको जिम्मा लगाइएको पनि प्रहरीले जानकारी दिएको छ ।


प्रहरीले थप अनुसन्धानकालागि बालिकाको भेजिनल स्वावको टेस्टकालागि फरेन्सीक विभागमा पठाउने तयारी गरेको छ । विश्वकर्मा विरुद्ध जबर्जस्तीकरणी अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन ७, २०७५ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?