कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सामुदायिक विद्यालय सुधार प्रयास

ताप्लेजुङ — स्थानीय सरकारले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारको प्रयास थालेका छन् । जिल्लाको सबैभन्दा ठूलो भूगोलमा फैलिएको फक्तालुङ गाउँपालिकाले २२ शिक्षकको विद्यालय हेरफेरको निर्णय गरेको छ ।शिक्षक हेरफेर गर्नुअघि जनप्रतिनिधि स्वयं खटिएर विद्यार्थी संख्या यकिन गरेका थिए ।  ।

सामुदायिक विद्यालय सुधार प्रयास

शिक्षक हेरफेर गर्नुअघि जनप्रतिनिधि स्वयं खटिएर विद्यार्थी संख्या यकिन गरेका थिए । उनीहरूले शिक्षकको नियमितता र असुविधाबारे पनि जानकारी लिएका थिए । त्यसैका आधारमा गाउँ कार्यपालिकाले शिक्षकको काज सरुवाको निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष सरोज एभेङका अनुसार कम विद्यार्थी भएका नियमित सञ्चालनमा नरहेका दुइटा विद्यालय मर्च गरिएको छ । त्यहाँका शिक्षकलाई विद्यार्थी संख्या धेरै भएको विद्यालयमा पठाउने निर्णय भएको छ ।

फले र ग्याब्लालाई घुन्सा आधारभूत विद्यालयमा मिसाइएको हो । यहाँका विद्यार्थीले हिमाली छात्रबासअन्तर्गतको आवासीय सुविधा पाउने छन् । फुङलिङ नगरपालिका ११ फुरुम्वुदेखि चीनको सिमाना टिप्ताला भञ्ज्याङसम्म फैलिएको यो गाउँपालिकामा पातलो बस्ती र कम जनसंख्या रहेको छ । गाउँपालिकाले १० विद्यार्थी भएकोमा एक जना शिक्षकको व्यवस्था गर्ने निर्णय यसअघि नै गरेको छ ।

प्रकाशित : आश्विन ८, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?