१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

तरकारीले उकासिँदै जीवनस्तर

तरकारी खेतीबाटै मासिक १६/१७ हजार आम्दानी
डम्बरसिं राई

खाेटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबारीकी ४३ वर्षीया देवीकुमारी आचार्यले घरमै आयआर्जनको मेसो बलाल्न सकिन्छ भन्नेतिर सोचेकी थिइनन् । अहिले उनैको जग्गामा हराभरा तरकारी बारी बनेको छ ।

तरकारीले उकासिँदै जीवनस्तर

यसबाट मनग्य कमाइ गरिरहेकी छन् । तीन रोपनीमा गोलभेड, बन्दा, काउली, लसुनलगायत तरकारी रहरलाग्दो देखिन्छ ।

उनले ६ हजार रुपैयाँको लगानीमा तरकारी खेती सुरु गरेकी हुन् । यसले मनग्य आम्दानी भएपछि परिवार पाल्न कुनै चिन्ता छैन । हाल तरकारी खेतीबाटै मासिक १६/१७ हजार रुपैयाँ आम्दानी हुने उनले बताइन् । उनका छोरा वैदेशिक रोजगारीमा मलेसिया छन् । छोराले कमाएको पैसा बचत हुन थालेको देवीकुमारीले सुनाइन् ।

देवीकुमारी उदाहरण हुन् । यो वडाबाट वैदेशिक रोजगारीमा गएकाको सवै परिवारले आम्दानीको बाटो समाएका छन् । स्थानीयले घरायसी खर्चका लागि घरैमा आम्दानी गरी बचत गर्न तथा वैदेशिक रोजगारीबाट आफन्तले कमाएको रकम बचाउन थालेका छन् ।

परदेशीले दु:ख गरी कमाएको रकमको महत्त्व बुझेर घरैमा पनि आम्दानीका बढाउनुपर्छ भन्ने बुझेर व्यवसाय अपनाएको स्थानीयले बताए । ‘पैसाका लागि आफन्त विदेशमा दिन–रात खट्छन् ।’ देवीकुमारीले भनिन्, ‘घरमा बस्नेले पनि कमाउन सकिने रहेछ ।’

पैसाको महत्त्व बुझेर कमाइ गर्न थालेको स्थानीय महिलाको भनाइ छ । वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएपछि कमाउन जानिएको स्थानीय महिलाले बताएकी छन् । वैदेशिक रोजगारीमा गएको परिवारलाई रेमिट्यान्स कसरी परिचालन गर्न सकिन्छ भन्ने २८ हप्ते वित्तीय साक्षरता कक्षा सञ्चालन गरेपछि यो चेत फिरेको देवीकुमारीले सुनाइन् ।

परिवार सञ्चालनसम्बन्धी जोखिम न्यूनीकरण र भोलिका दिनमा कसरी आर्थिक रूपले सम्पन्न बन्ने भन्ने विषयमा छलफल भएपछि उक्त टोलका महिलाले विभिन्न सहकारी तथा वित्तीय संस्थामा बचतसमेत गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र बालसेवा समाज नेपाल नेर्पा खोटाङको साझेदारीमा तालिम सञ्चालन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । तालिममा सहभागीलाई प्लास्टिक ट्रनेल, पाइप, हजारी, स्प्रिङकल र विभिन्न जातका तरकारीका बिउसमेत वितरण गरिएको थियो । त्यसले थप जाँगर चलेको सहभागीले बताएका छन् ।

सुरक्षित आप्रवासन परियोजना (सामी) परियोजनाअन्तर्गत सञ्चालन गरिएको वित्तीय साक्षरता कक्षाबाट वित्तीय लक्ष्य निर्धारण हुनुका साथै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन मद्दत पुगेको प्रमुख रिजालको दाबी छ । तालिममा सिकेका कुरा जीवनकै लागि उपयोगी भएको मिनप्रसाद आचार्यले बताए ।

प्रकाशित : आश्विन ८, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?