७ बालबालिका बिचल्लीमा

कान्तिपुर संवाददाता

खोटाङ — अभिभावक गुमेपछि एक परिवारका बालबालिका बिचल्लीमा परेका छन् । हलेसी तुवाचुङ नगरपालिका ८ धितुङका चन्द्र किरात र आमा तलकुमारी राईको मृत्युपछि सात बालबालिका बेसहारा बनेका हुन् ।

७ बालबालिका बिचल्लीमा

०७३ भदौ १९ गते आमा तलकुमारी र २०७५ साउन १८ गते बाबु चन्द्रको मृत्युपछि ५ छोरी र २ छोरा बिचल्लीमा परेका छन् । आमाबाबु दुवै गुमाएका उनीहरूको शिक्षादीक्षा र पालनपोषणमै समस्या परेको छ । सात बालबच्चामध्ये १७ वर्षीया जेठी बुङातुङ (कक्षा १२), १४ वर्षीया माइली रिमाबुङ (कक्षा १०), १२ वर्षीया साइली माहुरबुङ (कक्षा ८), १० वर्षीया काइली छोरी इलाबुङ (कक्षा ६) गरी चार बालिका स्थानीय बुलापन्थे माविमा पढ्छन् ।


त्यस्तै ८ वर्षीय जेठो छोरा नामसाङहाङ (कक्षा ४), ६ वर्षीया कान्छी छोरी निवाबुङ (कक्षा १) र ४ वर्षीय कान्छो तिम्सुङहाङ (बालकक्षा) स्थानीय पारुहाङ प्राविमा पढ्दै छन् । बाबु–आमाको मृत्युपछि यत्तिका बालबालिकाको पढाइसमेत बिथोलिएको छ ।

प्रकाशित : आश्विन १०, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?