कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हराउँदै ‘पँधेरो संस्कृति’

डिल्लीराम खतिवडा

उदयपुर — घर–घरमा धारो पुगेपछि पानीका लागि पँधेरो जाने चलन हराएको छ । पँधेरो जानेभन्दा पानी लिन मात्र होइन भन्ने बुझिन्थ्यो । गाउँबस्तीका महिला भेला भएर आपसमा हालखबर साट्ने र दु:ख सुखका कुरा गर्ने थलोका रूपमा पनि परिचित थियो ।

हराउँदै ‘पँधेरो संस्कृति’

(उदयपुर)-


हात हातमा मोवाइल, मोबाइलमा इन्टनेट भएपछि कुराकानी गर्न भेट्ने चलन हराएको छ । पहिले पहिले गाउँघरमा नुहाउन, लुगा धुन र पानी भर्नका लागि पधेरो जाने गरिन्थ्यो । विशेषगरी यी सबै काम महिलाले गर्ने चलन भएकाले पँधेरोमा महिलाको बाक्लै उपस्थिति हुन्थ्यो ।


घरमा सासूको पुरातन सोचले बुहारीले खुलेर कुराकानी गर्न पाउँदैन थिए । त्यसैले पँधेरो बुहारीको कुराकानी गर्ने खुला थलोका रुपमा थियो । साथी संगीसँग भेटघाट गर्ने र सुखदु:खका कुराकानी गर्नेका लागि पँधेरो उपयुक्त थलो थियो ।


त्यसैले बुहारीलाई सासूले पँधेरोमा गएर कुरा काटेको आरोप लगाउने गर्थे । त्यसैले पँधेरोमा सुखदु:खका कुराकानी गर्नु संस्कृति नै थियो । तर पछिल्लो समय समाजको विकास क्रमसँगै घरघरमा पानी र सवैको हातहातमा मोबाइल फोन पुगेको छ । घरमै पानी र हातहातमा मोबाइल पुगेपछि पानीका र कुराकानी गर्न पँधेरो जानुपर्ने अवस्था क्रमश: हटै गएको रौतामाई गाउँपालिका ६ चिसापानीका मनिता कार्कीले बताइन् ।


‘घरपरिवार र समाजको परिर्वतनसँगै पँधेरो जान पनि छाडियो’ मनिताले भनिन्, ‘पहिलेपहिले पानीका लागि घन्टौं हिँडेर पँधेरो पुगिन्थ्यो, सजिलै फर्किन सकिंदैनथियो ।’ त्यसैले थकाइ मार्नुपर्ने र थकाइ मार्दा साथीसंगिनीसँग कुराकानी पनि हुने गरेको उनले बताइन् ।


घर व्यवहारले अन्य समयमा साथी भाइ भेट्ने सकिंदैनथियो । सधैंको हतारो हुने हुँदा भेटिहाले पनि गफ गर्न समय हुँदैनथियो । पँधेरोमा जाँदा थोरै भए पनि समय निकाल्न सकिन्थ्यो । त्यसैले पँधेरो कुराकानी गर्ने सजिलो हुने गरेको चौदण्डीगढी नगरपालिका ६ सिर्वानीकी ७२ वर्षीया सुन्तिलीमाया बस्नेतले भनिन्, ‘अहिलेको जस्तो सासूससुरा, जेठाजु र अन्य मान्यजनको अगाडि ठाडो गरेर हेर्न त सकिंदैनथियो ।’


‘दोहोरो कुराकानी गर्न त परै जाओस्’ सुन्तिलीमायाले भनिन, ‘तर पँधेरोमा जाँदा थोरै भए पनि समय हुने र खुलेर कुराकानी गर्न सकिन्थ्यो ।’


तर, अहिले पानी भर्ने पँधेरो लोप भएको छ । भएका पँधेरा पनि सुधार गरिएको छ । एउटा गाउँमा एउटा दुइटा मात्रै पँधेरो हुन्थे । तर, पानी भर्न, लुगा धुन र नुहाउन आउने धेरै हुन्थे । पालो पर्खनुपर्ने भएकाले फुर्सद हुँदा गफिने चलन भएको रौतामाई ६ का ८० वर्षीय धनबहादुर रानामगरले बताए ।


‘अहिलेका नेताले गरेको भन्दा पहिले पँधेरामा गरेका कुराकानी गहकिला हुन्थे,’ रानामगरले भने, ‘पँधेरामा गरिएका कुराले गाउँलेलाई निर्देशनसमेत गथ्र्यो ।’ गाउँभरका महिलाले भेला भएर गाउँमा गर्ने विकास निर्माणदेखि दण्ड सजायको निर्णय पँधेरोमै हुने गरेको उनले सुनाए ।

प्रकाशित : आश्विन १०, २०७५ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?