प्रदेश १ मा पहिलोपटक २ निर्देशनालय सञ्चालनमा

रमेशचन्द्र अधिकारी

धनकुटा — प्रदेश १ मा पहिलोपटक दुई वटा निर्देशनालय बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएका छन् । 

स्वास्थ्य निर्देशनालय र शिक्षा विकास निर्देशनालय औपचारिक रुपमा धनकुटामा सञ्चालनमा आएका हुन् । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राई तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले दुवै निर्देशनालयको संयुक्त रुपमा उद्घाटन गरे । विगतमा क्षेत्रीय निर्देशनालयको रुपमा रहेका कार्यालय प्रादेशिक ढाँचामा पुनर्संरचनाको रुपमा सुरु गरिएको हो ।

Yamaha

स्वास्थ्य निर्देशनालयले प्रदेशभरी रोग निगरानी, प्रकोप पहिचान, स्वास्थ्य नीति निर्देशन, औषधि तथा औजार व्यवस्थापनलगायत कार्य गर्ने अख्तियारी दिइएको छ ।

यसैगरी शिक्षा विकास निर्देशनालयले प्रदेशस्तरीय विद्यालय निगरानी, शैक्षिक तालिम समन्वय, निर्देशनलगायतका कार्य गर्ने जनाइएको छ । विगतको क्षेत्रीय निर्देशनायल भन्दा पूर्ण अधिकार सम्पन्न गराइने भएको छ ।

प्रकाशित : आश्विन ११, २०७५ १७:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

संविधान संशोधनको प्रस्ताव ल्याउन राजपा सांसद महतोको माग

रासस

काठमाडौँ — राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाएका छन् । 

प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा समापन मन्तव्य दिँदै उनले ‘टीकापुर घटना अधिकार प्राप्तिको घटना भए पनि’ निर्वाचित सांसद रेशम चौधरीलाई अहिलेसम्म प्रमाणपत्र नइिदएकामा रोष प्रकट गरे । उनले चाडपर्वको मुखमा महँगी बढाएको तथा सामग्रीको अभाव र कालाबजारी नियन्त्रण गर्न नसकेको आरोप पनि लगाए ।

निजगढ विमानस्थल निर्माण गरिँदा वातावरणमा प्रभाव नपर्ने गरी काम अघि बढाउन उनले सरकारको ध्यानाकर्षण गराए । सबै भाषाभाषीलाई सम्मान गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न आफूले संसद्‌मा हिन्दीमा बोल्ने गरेको नेता महतोको भनाइ थियो ।

सङ्घीय समाजवादी फोरम नेपालका रामसहाय यादवले मधेस, आदिवासी र जनजातिको आन्दोलनले सङ्घीय शासन प्रणाली स्थापना भए पनि परिवर्तन संस्थागत हुन नसकेको बताउँदै मौलिक हकसम्बन्धी ऐन कार्यान्वयनका लागि सरकार इमान्दार भएर लाग्नुपर्नेमा जोड दिए ।

बिहीबार अधिवेशन अन्त्य भए पनि यसपछि बस्ने अधिवेशनमा संविधान संशोधनको प्रस्ताव ल्याउन उनले माग गरे । सङ्घीयताको श्रेय मधेश आन्दोलनलाई जाने बताउँदै उनले यसको संरक्षणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । भौगोलिक अखण्डतालाई खलल पुर्‍याउन गरिने कुनै पनि गतिविधिमा आफ्नो दलको समर्थन नरहने उनले स्पष्ट पारे ।

प्रकाशित : आश्विन ११, २०७५ १७:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT