२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चालु संसद्‍ बैठकबाटै प्रदेश नामांकन र स्थायी राजधानी टुंगो : मुख्यमन्त्री राई

कान्तिपुर संवाददाता

काठमाडौँ — मुख्यमन्त्री शेरधन राईले चालु संसद्‍ बैठकबाटै प्रदेशको नामांकन र स्थायी राजधानीको टुंगो लाग्ने दाबी गरेका छन् । उनले बृहत् विराट प्रदेशको अवधारणा अनुसारको क्षेत्र कायम गरेर राजधानी समेटिने तयारी गरिएको समेत जानकारी दिए । 

चालु संसद्‍ बैठकबाटै प्रदेश नामांकन र स्थायी राजधानी टुंगो : मुख्यमन्त्री राई

बिहीबार धनकुटामा स्वास्थ्य निर्देशनालय र शिक्षा विकास निर्देशनालय उद्घाटनपछि मुख्यमन्त्री राईले एक महानगर, दुई उपमहानगर र अन्य नगर तथा गाउँपालिकासहित दर्जन बढी स्थानीय तह समेटेर त्यस क्षेत्रभित्र राजधानी कायम हुन सक्ने संकेत गरे । उनले विराट, सप्तकोसी, कोसी, सगरमाथा, किरातलगायत प्रस्तावित नाममध्ये एकलाई प्रदेशको नामांकन गरिने बताए ।


आफू सहजकर्ताका भूमिकामा रहेकोले एकिन नाम हुनु पर्ने बताउन नचाहेको स्पष्ट पारे । ‘पिरा र गुन्द्रीमा बसेर काम थालेको प्रदेशले अब उपलब्धिमूलक गतिविधिमा फड्को मारिसकेको छ’, उनले भने, ‘प्रदेशसभालाई भुमिकाविहीन भन्दै मिडियाबाजी गर्नेका लागि अब हामी गतिलो जवाफ दिने पक्षमा उभिएका छौं ।’ उनले प्रदेशका कार्यशैलीबाट अब्बल प्रदेशको पहिचान दिने दाबी गरे ।


आगामी १५ दिनभित्र प्रदेशअन्तर्गतका सम्पूर्ण प्रशासनिक संरचना गठन गर्ने जानकारी दिए ।

प्रकाशित : आश्विन ११, २०७५ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?