कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बालिका बलात्कारको आरोपमा पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनसरीको गढी गाँउपालिका–८ छिटाहाका प्रमोद चौधरी पक्राउ परेका छन् । 

बालिका बलात्कारको आरोपमा पक्राउ

गत आइतबार इटहरी–९ बसपार्कस्थित गोधुली होटलमा एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई इटहरी इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरू गरिएको छ ।

पीडितका आफन्तले बालिकालाई प्रलोभन देखाएर चौधरीले होटलमा ल्याएर जबरजस्ती गरेको उजुरीका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन २५, २०७५ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?