कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साथीको जन्मदिनमा जाँदा सामूहिक बलात्कार

कान्तिपुर संवाददाता

मोरङ — पथरीशनिश्चरे नगरपालिकामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

साथीको जन्मदिनमा जाँदा सामूहिक बलात्कार

जन्मदिनमा बोलाएकी साथीकै सहयोगमा बलात्कार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।


प्रहरीले बलात्कार आरोपमा पीडितकी साथीलगायत तीन जनालाई नियन्त्रणमा लिएको छ । पथरीशनिश्चरेमा अरूको संरक्षणमा बस्दै आएकी बालिकालाई मंगलबार साथीले जन्मदिनको अवसरमा बोलाएको प्रहरी निरीक्षक कमल बजगाईंले बताए ।


‘कक्षा ६ मा अध्ययनरत बालिका साथीको जन्मदिन मनाउन उनको घर पुगेपछि गाउँबाट टाढा जंगलमा रहेको मन्दिरमा पूजा गर्न भन्दै लगिएको थियो,’ उनले भने, ‘मन्दिरमा पूजा गरी जन्मदिन मनाउने क्रममा बालिकालाई घरेलु मदिरा खुवाएर दुई जनाले रातभर बलात्कार गरेको भनेर संरक्षकले जाहेरी दिएका छन् ।’


बलात्कार आरोपमा पीडितकी साथी १५ वर्षीया बालिका, पथरीशनिश्चरे १ का २२ वर्षीय मनोज राई र वडा ९ का २३ वर्षीय राजकुमार माझीलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु गरेको उनले बताए ।


बजगाईंले पीडित बालिका र पक्राउ परेका राई र माझीको मेडिकल परीक्षण गराएर अनुसन्धान सुरु गरेको बताए । साथीको जन्मदिन मनाएर बालिका अबेर राति घर नफर्केपछि संरक्षकले प्रहरीमा उजुरी गरेको थियो ।


बुधबार बिहान बालिका विक्षिप्त अवस्थामा घर नजिकै फेला परेपछि संरक्षकले किटानी जाहेरी इलाका प्रहरी पथरीमा दिएका थिए ।

प्रकाशित : आश्विन २५, २०७५ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?