१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

धरान धनकुटा सडकमा मनपरी भाडा असुली

रमेशचन्द्र अधिकारी

धनकुटा — चाडपर्वको मौका छोपेर कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा मनपरी रुपमा भाडा लिन थालिएपछि यात्रु मारमा परेका छन् ।

धरान धनकुटा सडकमा मनपरी भाडा असुली

धरानबाट धनकुटा जानेक्रममा निर्धारित दरभन्दा तीन गुनासम्म बढी भाडा लिएको यात्रुको गुनासो छ । धरानमा अपरान्ह ३ नबज्दै गाडी अभाव हुने गर्दा यात्रुले सास्ती खेप्नु परेको जनाएका छन् ।


सवारी साधनको कृतिम अभावसँगै महंगो भाडा तिरेर यात्रा गर्नु परेको यात्रु रोशन सुवेदीले जानकारी दिए । धरानदेखि धनकुटासम्मको भाडा १ सय ७१ रुपैयाँ रहेपनि ५२ किलोमीटर दूरीको रुटमा ३ सयदेखि ५ सय रुपैयाँ भाडा असुल्ने गरिएको गुनासो छ ।


यसैबीच प्रहरीले यात्रुको गुनासोको आधारमा धनकुटाको मूलघाट,जिरो प्वाइन्ट लगायतका स्थानबाट चेकजाँच गरी बढी भाडा लिएका सवारी साधनबाट यात्रुलाई रकम फिर्ता गराएको छ ।


यात्रुको गुनासोको आधारमा प्रहरीले चेकजाँच कार्यलाई तीव्रता दिएको प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । कृतिम अभाव र बढी भाडा लिएका सवारी साधनलाई कारबाही गरिने प्रहरीको भनाई छ । भेडेटारदेखि राजमार्गको विभिन्न स्थानमा चेकजाँच गरिएको ट्राफिक प्रहरी ईन्चार्ज सुरेन्द्र खड्काले बताए ।

प्रकाशित : आश्विन २९, २०७५ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?