कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा दुईको मृत्यु 

डिल्लीराम खतिवडा

उदयपुर — छुट्टाछुट्टै दुर्घटनामा मंगलबार दुईको मृत्यु भएको छ । कटारी र त्रियुगा नगरपालिकामा भएका दुर्घटनामा परी दुई जना पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा दुईको मृत्यु 

मदन भण्डारी राजर्माग अन्र्तगत नेपालटार चुहाडे सडक खण्डको त्रियुगा नगरपालिका—७ कौवाईमा स ८ प ९८०८ नम्बरको मोटरसाईल दुर्घटना हुँदा ५० वर्षीय दिनेश पौडेललेको मृत्यु भएको छ । दुर्घटनामा परी सोहि मोटरसाईकलमा सवार त्रियुगा नगरपालिका—१३ का कुलबहादुर थापा घाइते भएका छन् ।

रौतामाई गाउँपालिकको र्मुकुची बजारबाट घरतर्फ आउँदै गर्दा कौवई खोलाको काठेपुलमा मोटरसाईकल चिप्लिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ ।


त्यसैगरि सिद्धिचरण लोकर्माग अन्र्तगत घुर्मी कटारी खण्डको कटारी नगरपालिका—८ मा स १ ह १७२७ नम्बरको टेम्पो दुर्घटना हुँदा मोहत्तरी जिल्लाको बर्दिवास नगरपालिका—८ का ३५ वर्षीय नकुल लुगेली मगरको घटनास्थलमै मृत्यु भएको छ ।

बेतनीबाट कटारी बजारतर्फ आउँदै गरेको टेम्पो अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेर दुर्घटना हुँदा लुगेलीको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरिक्षक चन्द्रदेव राईले बताए ।


दुर्घटनामा परी टेम्पो चालक धनकर्ण राई घाइते भएका छन् । घाइते राईको कटारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : आश्विन ३०, २०७५ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?