दसैंमा सवारी दुर्घटनाबाट १० को मृत्यु

६ हजारभन्दा बढी चालकलाई कारबाही
विनोद भण्डारी

विराटनगर — हरेक वर्षको चाड पर्वमा सवारी दुर्घटना हुनेक्रम बढ्दो छ । यो दसैंमा प्रदेश १ मा ४१ वटा सवारी दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । ३७ जना घाइते भए ।

दसैंमा सवारी दुर्घटनाबाट १० को मृत्यु

क्षेत्रीय ट्राफिक प्रहरीको तथ्यांक अनुसार यो गत वर्षको तुलनामा घटी हो । ट्राफिक प्रहरीका अनुसार गत वर्ष दसैंमा यो प्रदेशमा ५७ वटा सवारी दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाउँदा ८१ जना घाइते भएका थिए ।


यसपालि एकसातामा सवारी दुर्घटनामा मोरङमा ५, झापा र उदयपुरमा दुई/दुई र पाँचथरमा एकजनाले ज्यान गुमाएको क्षेत्रीय ट्राफिक प्रहरी उपरीक्षक रविकुमार पौडेलले बताए । उनका अनुसार प्राय सबै दुर्घटना मादक पदार्थ सेवन गरेर अत्याधिक गतिमा सवारी चलाउँदा भएको पाइएको छ ।


ट्राफिक प्रहरीले यसपालि दसैंमा रोड सेफ्टी चेकिङ कन्सेफ्ट (आरएससीसी) नीति अनुसार सवारी साधनको चेकिङ गरेको थियो । त्यसरी सवारीको चेकिङ गर्दा राजमार्गमा एउटापनि दुर्घटना भएन । ट्राफिक उपरीक्षक पौडेलका अनुसार सबै दुर्घटना भित्री सडकमा भएका छन् ।


‘सबै दुर्घटना चालकले मादक पदार्थ सेवन गरेको र अत्याधिक गतिमा सवारी गुडाएको पाइएको छ,’उपरीक्षक पौडेलले भने,‘चेकिङका क्रममा अधिकांश सवारी चालकले मदिरा सेवन गरेको पाइएको र ती सहित ट्राफिक नियम विपरीत सवारी चलाउने ६ हजार १ सय ५० सवारी चालकलाई कारबाही गरेर ३६ लाख ३४ हजार रुपैँया राजश्व असुली गरिएको छ ।


गतवर्ष दसैंको समयमा ट्राफिक प्रहरीले ९ हजार ५ सय ७ वटा सवारी साधनलाई कारबाही गरी ५२ लाख २६ हजार राजश्व असुली गरेको थियो ।


दसैंको नाममा सवारी चेक जाँचका क्रममा ट्राफिक प्रहरीले सर्वसाधरणलाई अनासय दुःख दिएको गुनासो पनि गरेका छन् । अधिकांश स्थानमा गल्ती नै नगरेका चालकलाई पनि जबरजस्ती कारबाही गरेर जरिवाना असुली गरेको र सीआरभी प्रहरीले समेत मापासे चेक गरेको गुनासो सर्वसाधारणको छ ।


विराटनगर ४ नोबेल लाइनमा सीआरभीले चार दिनसम्म नियमित रुपमा मापासे चेक गरेर नोबेल अस्पताल जाने बिरामी र तिनका कुरुवालाई दुर्व्यवहार गरेको उनीहरुको गुनासो छ । सीआरभी प्रहरीको जिम्मेवारी मापासे चेक गर्ने होइन ।


दसैंको अवधिमा मोरङमा मात्र १९ वटा सवारी दुर्घटना भएका छन् । ट्राफिक प्रहरी निरीक्षक शिव पोख्रेलका अनुसार त्यस अवधिमा १ हजार ६ सय ४४ सवारी साधनलाई कारबाही गरी ९ लाख ३९ हजार राजश्व असुली भएको छ ।


मोरङको बेलवारीमा भारतीय नम्बर प्लेटको स्कारपियोले को २६ प ३४८५ नम्बरको स्कुटीलाई ठक्कर दिँदा बेलवारी ९ की रुवी राजबंशी र ४ बस्ने नितु राईको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ५, २०७५ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?