१ सातामा १० को मृत्यु

कान्तिपुर संवाददाता

विराटनगर — हरेक वर्षको चाड पर्वमा सवारी दुर्घटना हुनेक्रम बढ्दो छ  । यो दसैंमा प्रदेश १ मा ४१ वटा सवारी दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ  । क्षेत्रीय ट्राफिक प्रहरीको तथ्यांकअनुसार यो गतवर्षको तुलनामा घटी हो । ट्राफिक प्रहरीका अनुसार गतवर्ष दसैंमा यो प्रदेशमा ५७ वटा सवारी दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाउँदा ८१ जना घाइते भएका थिए ।

१ सातामा १० को मृत्यु

यसपालि एक सातामा सवारी दुर्घटनामा मोरङमा ५ झापा र उदयपुरमा दुई/दुई र पाँचथरमा एक जनाले ज्यान गुमाएको क्षेत्रीय ट्राफिक प्रहरी उपरीक्षक रविकुमार पौडेलले बताए ।

उनका अनुसार प्राय: सबै दुर्घटना मादक पदार्थ सेवन गरेर अत्यधिक गतिमा सवारी चलाउँदा भएको पाइएको छ । ट्राफिक प्रहरीले यसपालि दसैंमा रोड सेफ्टी चेकिङ कन्सेफ्प्ट (आरएससीसी) नीति अनुसार सवारी साधनको चेकिङ गरेको थियो । त्यसरी सवारीको चेकिङ गर्दा राजमार्गमा एउटा पनि दुर्घटना भएन । ट्राफिक उपरीक्षक पौडेलका अनुसार सबै दुर्घटना भित्री सडकमा भएका छन् ।


‘सबै दुर्घटना चालकले मादक पदार्थ सेवन गरेको र अत्यधिक गतिमा सवारी गुडाएको पाइएको छ,’ उपरीक्षक पौडेलले भने, ‘चेकिङका क्रममा अधिकांश सवारी चालकले मदिरा सेवन गरेको र तीसहित ट्राफिक नियमविपरीत सवारी चलाउने ६ हजार १ सय ५० सवारी चालकलाई कारबाही गरेर ३६ लाख ३४ हजार रुपैयाँ राजस्व असुली गरिएको छ । गतवर्ष दसैंको समयमा ट्राफिक प्रहरीले ९ हजार ५ सय ७ वटा सवारी कारबाहीबाट ५२ लाख २६ हजार राजस्व असुली गरेको थियो । दसैंको नाममा सवारी चेक जाँचका क्रममा ट्राफिक प्रहरीले सर्वसाधारणलाई अनासय दु:ख दिएको गुनासो पनि गरेका छन ।

प्रकाशित : कार्तिक ६, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?