कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

र्‍याफ्टिङमा आउने पर्यटक घटे

चन्द्र कार्की

तेह्रथुम — पर्यटक आउने मुख्य सिजनमा चिसो बढेपछि तमोर नदीमा र्‍याफ्टिङका लागि आउने पर्यटकको संख्या घटेको छ । मौसम खुलेको र पानीको मात्रा समेत घटेकाले तमोर नदीमा र्‍याफ्टिङका पर्यटक आउने गर्छन्  ।

र्‍याफ्टिङमा आउने पर्यटक घटे

तर यो वर्ष कात्तिक महिनाको सुरुमै चिसो बढेकाले पर्यटक आगमनको संख्यामा कमी आएको पर्यटन व्यवसायीको भनाइ छ ।

यो सिजनमा वसन्तपुरको रूट भएर पर्यटक र्‍याफ्टिङका लागि तमोर नदीको शीरतर्फ कमै मात्र गइरहेका छन् । जसले गर्दा यस भेगको पर्यटन व्यवसाय केही खस्किएको पर्यटन विकास तथा प्रवर्द्धन समिति सदस्य प्रकास श्रेष्ठले बताए ।

असोज महिना सुरु भएसँगै आउने पर्यटकहरू यो सिजनमा कम मात्र देखा परेको लालीगुराँस होटल चौकी बजारका सञ्चालक उदय कुमार लोले बताए । अघिल्ला वर्षहरूमा वसन्तपुरको पदमार्ग भएर विभिन्न देशका पर्यटकहरू तमोर नदीतर्फ जलयात्राका लागि बोट साथैमा लिएर जाने गरेका भएपनि यो सिजनमा न्यून मात्र देखिएका छन् ।

पछिल्लो समय काठमाडौं र धरानका विभिन्न ट्राभल्स एजेन्सीले पर्यटकलाई स्थल मार्गमार्फत सार्वजनिक यातायातका साधन रिजर्भ गरेर वसन्तपुरसम्म साथैमा लिएर आउने गरेकाले यस क्षेत्रमा पर्यटकको चाप वढो थियो । तर यो सिजनमा र्‍याफ्टिङका लागि आएका बाह्य पर्यटकको संख्या एकदमै न्यून रहेको पर्यटन व्यवसायी धर्मराज खडकाले बताए ।

काठमाडौंबाट सीधै हवाई यात्राबाट ताप्लेजुङ पुग्न सजिलो भए पनि पर्यटक रमणिय गुराँस भूमि तीनजुरे मिल्के जलजले क्षेत्रको दृश्यावलोकन गर्दै वसन्तपुरको बाटो भएर पदयात्रा गर्न मन पराउने गरेको हिँडन सांग्रिला ट्रेकिङ एक्पीडिसन प्राली काठमाडौंका गाइड तुला मगरले वताए ।

बाहै्र महिना चिसो र ठण्डा हावापानी रहने वसन्तपुर काठमाडौंबाट छुटेका पर्यटकको पहिलो गन्तव्य हो । गत वर्ष यही सिजनमा तमोर नदीमा जलयात्रा (र्‍याफटिङ) का लागि इङलेन्ड, चेक रिपव्लिक, स्वीजरल्यान्ड, अमेरिका, स्वीडेन, फ्रान्स लगायतका देशका पर्यटक वसन्तपुरको पदमार्ग भएर तमोर नदीतर्फ गएका थिए । तर त्यसयता यी देशका पर्यटक कम देखिएका छन् ।

यहाँ आउने पर्यटकको रेकर्ड अहिलेसम्म कुनै सरकारी तथा गैरसरकारी संघसंस्थाले राख्ने गरेका छैनन् । हवाई यात्राको तुलनामा स्थल मार्ग भएर आउदा कम खर्चिलो र प्राकृतिक सौन्दर्यको आनन्द पनि एकै साथ लिन पाइने भएकाले पर्यटकले सम्भव भएसम्म स्थल मार्गलाई नै रोज्ने गरेका छन् ।

वसन्तपुरलाई पहिलो गन्तव्य बनाएर आउने पर्यटकले वसन्तपुरदेखि तमोर नदीको शीर दोभानसम्म तीन दिन पैदल यात्रा गरी त्यसपछि चार दिनसम्म तमोर नदीमा जलयात्रा गर्दै सुनकोशी नदीमा पुगेर टुंग्याउने गर्छन् । अन्य नदीको तुलनामा तमोर नदीमा र्‍याफटिङ गर्नु धेरै रमाइलो हुने गरेको पर्यटकहरू अनुभव सुनाउँछन् । तमोर नदी केही उचाइबाट बगेको र भिरालो समेत भएकाले यो नदीको जलयात्रा जोखिमयुक्त पनि मानिन्छ ।

केही वर्षअघिसम्म हवाई यात्राबाट सीधै ताप्लेजुङको तुम्लिङटार उत्रिने गरेका पर्यटक वसन्तपुर हँुदै दोभानसम्मै सडक मार्ग बनिसकेकाले यतैबाट आउन थालेका छन् । काठमाडौंमा रहेका विभिन्न टुर अपरेटर तथा ट्राभल्सहरूले आफ्नै सवारी साधनमा राखेर समेत पर्यटक लिएर आउने गरेका छन् । तर यो वर्ष त्यताका पर्यटक कमै मात्र देखिएको याक होटल बसन्तपुरका सञ्चालक पेम्वा भोटियाले बताए ।

बसन्तपुरदेखि ताप्लेजुङ दोभानसम्मको बीचमा पर्यटकका लागि कुनै पनि सुविधा र पूर्वाधार छैनन् । जसले गर्दा पर्यटक आवास, सञ्चार, औषधि उपचार, सुरक्षा जस्ता आधारभूत सेवा सुविधाबाट समेत वञ्चित हुने गरेका छन् । काठमाडौंबाट स्थल मार्ग भएर आएका पर्यटकलाई लामो समय पदयात्रा गर्नुपर्ने अवस्था छ ।

प्रकाशित : कार्तिक १३, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?