२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सरकारले काम गर्न नसक्दा संघीयता असफल हुने अवस्था आउँदै : शेखर कोइराला

डिल्लीराम खतिवडा

उदयपुर — कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले दुई तिहाई बहुमतप्राप्त केपी ओली नेतृत्वको सरकार असफल भइसकेको दाबी गरेका छन् ।

सरकारले काम गर्न नसक्दा संघीयता असफल हुने अवस्था आउँदै : शेखर कोइराला

नेपाल प्रेस यूनियन उदयपुरले बिहीबार बिहान गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले प्राकृतिक स्रोत व्यवस्थापन, बित्त आयोग, अन्तरप्रदेश परिषद् निर्माण, प्रदेशस्तरीय प्रहरी र प्रशासनको व्यवस्थापन लगायतका काम सरकारले गर्न नसक्दा संघीयता नै असफल हुने अवस्था आउन लागेको बताए ।


कांग्रेसका नेताहरु चरम गुटबन्दीमा फसेका कारण गत निर्वाचनमा कांग्रेसले इतिहासमै नराम्रो पराजय भोग्नु परेको बताउँदै उनले नेतृत्व तहमा रहेको अर्कमण्यता र संवादहीनताले गुटबन्दी मौलाएको उल्लेख गरे ।


नेतृत्व परिवर्तन नगरी कांग्रेस सुध्रन नसक्ने स्थिति रहेको बताउँदै कोइरालाले २०७६ फाल्गुनभित्र कुनै पनि हालतमा कांग्रेसले महाधिवेशन गर्न जरुरी रहेको आैंल्याए ।


आफू कांग्रेसको भावी सभापतिका रुपमा प्रस्तुत हुन सक्ने बताउँदै आएका कोइराला केही महिनायता जिल्ला दौडाहामा लागेका छन् । जिल्ला भ्रमण र कार्यकर्तासँग छलफल गर्ने काममा उदयपुर कांग्रेसले आयोजना गरेको क्षेत्रीय भेलालाई सम्वोधन गर्न कोइराला बुधबार उदयपुर पुगेका हुन । उनी कांग्रेसको विधान संशोधनका लागि मंसिरमा हुन लागेको बिशेष महाधिवेशनमा समेट्नु पर्ने विषयमा सुझाव समेत माग्दै आएका छन् ।

प्रकाशित : कार्तिक १५, २०७५ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?