संविधानसँग बाझिने प्रदेशका कानुन खारेज हुन्छ : मन्त्री ढकाल

रासस

विराटनगर — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिने गरी प्रदेशले बनाएको कानुन स्वतः खारेज हुने बताएका छन् ।

संविधानसँग बाझिने प्रदेशका कानुन खारेज हुन्छ : मन्त्री ढकाल

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घले संविधानअनुसार कानुन निर्माण गर्ने हुनाले यस सम्बन्धमा प्रदेश सरकार अलमलिनु हुँदैन भने । मन्त्री ढकालले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन र प्रहरी ऐन कानून निर्माण सम्बन्धमा सरकारले आन्तरिक गृहकार्य सुरु गरिसकेको बताए ।


प्रदेश सरकारको भावना र चाहानाप्रति सङ्घीय सरकार गम्भीर रहेको भन्दै मन्त्री ढकालले आवश्यक कानून निर्माण गरी यथोचित समयमा प्रदेश सरकारको मागलाई सम्बोधन गर्ने प्रस्ट पारे । एक प्रश्नको जवाफमा कानुनमन्त्री ढकालले छिटो कानून निर्माण गर्दा दुर्घटना हुने सम्भावना बढी हुन्छ भने । उनले न्यायालयका न्यायाधीश र नेपाल सरकारअन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीको सम्पत्ति विवरण सरकारसँग रहेको बताउँदै आवश्यकपरेमा मात्र सार्वजनिक गर्न सकिने बताए । उनले सङ्घीय सरकारले हालसम्म १०० कानून निर्माण गरिसकेको जानकारी दिए ।

प्रकाशित : कार्तिक १६, २०७५ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?