१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

वृद्धको बेवारिसे अवस्थामा शव फेला

हत्या गरिएको आशंकामा दुई पक्राउ
रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिका ३ स्थित डाँडागाउँमा मंगलबार साँझ एक वृद्ध बेवारिसे अवस्थामा मृत फेला परेका छन्।

घटनास्थल र लाश जाँच प्रकृति मुचुल्काका आधारमा हत्या गरी झुन्ड्याइएको प्रहरीको आशंका छ।


स्थानीय ६५ वर्षीय गोरेबहादुर तामाङ घर नजिक बारीमा मृत फेला परेको प्रहरीले जनाएको छ। उनको स्वभाविक मृत्यु नभएको स्रोतको दाबी छ। घटनामा संलग्न भएको आशंकामा दुई जनालाई चानुवा प्रहरीले नियन्त्रणमा लिएको छ।


घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट टोली खटाईएको प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए। घटनास्थलको भौगोलिक विकटताका कारण राति अबेरसम्म विस्तृत विवरण प्राप्त भइनसकेको उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए।

यस अघि गत शुक्रबार पनि धनकुटा नगरपालिका–१ स्थित हिले बजारमा एक पूर्व सशस्त्र प्रहरीको हत्या भएको थियो। अपराधमा संलग्न हालसम्म पक्राउ पर्न सकेका छैनन्।


सुनसरीको ईटहरीका ३८ वर्षीय रामबहादुर चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । उक्त घटना किनारा नलाग्दै अर्को घटना हुन पुगेको छ ।

प्रकाशित : कार्तिक २०, २०७५ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?