खोटाङ — बाक्सिलाबाट दिक्तेल आउँदै गरेको जीप दुर्घटनामा एकको मृत्यु भएको छ । बुधबार राती ना १ ज ३६९८ नम्बरको जीप मुढेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ४१ वर्षीय दीपक रसाइलीको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ का चालक १९ फुर्वा सेपा र सिन्धुली जरायोटार–४ का २३ वर्षीय रमेश मगर घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।