जीप दुर्घटनामा एकको मृत्यु, दुई घाइते

डम्बरसिं राई

खोटाङ — बाक्सिलाबाट दिक्तेल आउँदै गरेको जीप दुर्घटनामा एकको मृत्यु भएको छ । बुधबार राती ना १ ज ३६९८ नम्बरको जीप मुढेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ४१ वर्षीय दीपक रसाइलीको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ का चालक १९ फुर्वा सेपा र सिन्धुली जरायोटार–४ का २३ वर्षीय रमेश मगर घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।


प्रकाशित : कार्तिक २२, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?