कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आफन्तले शव बुझेनन्

डम्बरसिं राई

खोटाङ — सवारी दुर्घटनामा मृत्यु भएका दीपक रसाइलीको शव आफन्तले बुझ्न मानेका छैनन् । मादक पदार्थ सेवन गरेर गाडी चलाएकाले दुर्घटना भएको दाबी गर्दै मृतकका बालबालिकालाई पठनपाठन, क्षतिपूर्ति लगायतका माग राखि शव बुझ्न नमानेका हुन् । दिक्तेल अस्पतालमा राखिएको शव अझै पोष्टपार्टम हुन सकेको छैन ।

बाक्सिलाबाट दिक्तेल आउँदै गरेको ना १ ज ३६९८ नम्बरको जीप बुधबार राति मुढेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का ४१ वर्षीय दीपक रसाइलीको मृत्यु भएको थियो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ का चालक १९ फुर्वा सेपा र सिन्धुली जरायोटार ४ का २३ वर्षीय रमेश मगर घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।

प्रकाशित : कार्तिक २२, २०७५ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?