कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भ्यानको ठक्करबाट महिलाको मृत्यु

अर्जुन राजवंशी

दमक — पिकअप भ्यानको ठक्करबाट आइतबार बिहान झापाको दुर्गापुरमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा डिबु गाउँपालिका–४ की ५७ वर्षीया दिनवाई तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

बिहान साढे ५ बजेतिर बाटो काट्ने क्रममा कनकाई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा तामाङलाई को १ च ७७०५ नम्बरको पिकअपले ठक्कर दिएको थियो ।


ठक्करबाट गम्भीर घाइते उनको उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याउना साथ मृत्यु भएको थियो । तामाङलाई ठक्कर दिएपछि भ्यान पनि पल्टिएको थियो । चौपाया बोकेको भ्यान पल्टिदा चार वटा राँगा समेत मरेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २५, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?