कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पिकनिकबाट फर्कंदै गरेको ट्याक्टर दुर्घटना, ३ को मृत्यु, २७ घाइते 

डिल्लीराम खतिवडा

उदयपुर — बेलका नगरपालिकामा आइतबार भएको ट्याक्टर दुर्घटनामा दुई युवतीसहित ३ को मृत्यु भएको छ । २७ घाइते भएका छन् । 

पिकनिकबाट फर्कंदै गरेको ट्याक्टर दुर्घटना, ३ को मृत्यु, २७ घाइते 

बेलका नगरपालिका ८ रङमहलस्थित ओरालो मोडमा स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा बेलका नगरपालिका २ बेलहाकी १९ वर्षीया विनिता चौधरी, २० वर्षीया दीपिका चौधरी र २० वर्षीय ईन्द्र चौधरीको मृत्यु भएको नगरप्रमुख दुर्गाकुमार थापाले बताए । घाइतेको अवस्था बुझ्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेका प्रमुख थापाका अनुसार २७ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।


चतरास्थित कोसी पुलमा पिकनिक खाएर फर्कने क्रममा ट्याक्टर रङमहलको ओरालोमा अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरीक्षक नवीनकुमार सिंहले बताए । ‘ट्याक्टर दुर्घटना भएपछि सबै घाइतेलाई सवारी साधनमा पठायौं’ प्रहरी निरीक्षक सिंहले भने, ‘घाइतेको उद्दार गर्नु नै पहिलो प्राथमिकता भएकाले प्रहरीले घाइतेको विवरणसमेत लिन भ्याएन ।


दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रहरी उपरीक्षक चन्द्रदेव राईले पनि पुष्टि गरे । ‘उपचारको क्रममा ३ जनाको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट जानकारी आएको छ’ प्रहरी उपरीक्षक राईले भने, ‘सनाखत हुन भने बाँकी छ ।’

प्रकाशित : कार्तिक २५, २०७५ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?