१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

अर्जुन राजवंशी

दमक — मोटरसाइकल दुर्घटना हुँदा आइतबार राति झापाको भद्रपुरमा एक युवकको मृत्यु भएको छ । अन्य दुई युवक घाइते भएका छन् । 

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

राति पौने २ बजे भद्रपुर नगरपालिका–४ झिलमिलिया पुल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक भद्रपुर–८ का २० वर्षीय किशोर प्रधान रहेका छन् ।

दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २० वर्षीय प्रताप तामाङ र २६ वर्षीय आशिष राई घाइते भएका हुन् । घाइते दुवै जनाको बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचार भइरहेको डीएसपी श्रेष्ठले बताए ।

केचना–चारआली सडक खण्डअन्तर्गत दक्षिणबाट उत्तरतिर आउँदै गरेको मे ४ प ७७९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको डीएसपी श्रेष्ठले बताए । दुर्घटनामा गम्भीर घाइते चालक प्रधानको भद्रपुरको ओम साई पाथीभरा हस्पिटलमा उपचारका क्रममा राति नै मृत्यु भएको थियो ।

प्रकाशित : कार्तिक २६, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?