२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

विद्युत सर्ट भई आगलागी

कान्तिपुर संवाददाता

सुनसरी — विद्युत सर्ट भएर गएराति धरान उपमहानगरपालिका– ५ कुलुङ चोक नजिकै आगलागी हुँदा स्थानीय वीरबहादुर राईको घर जलेर नष्ट भएको छ । राईको काठको एकतले घर जलेको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब ५ पाचलाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । आगो नियन्त्रणका लागि धरान उपमहानगरपालिकाको दुई वटा दमकल प्रयोग गरिएको थियो । अागलागीपछि राई परिवारको बिचल्ली भएको छ ।


प्रकाशित : कार्तिक २६, २०७५ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?