१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

छठ मनाउन हिडेँकी बालिकाको दुर्घटनामा मृत्यु

कान्तिपुर संवाददाता

दमक — परिवारसँग छठ पूजा गर्न नदीतर्फ जाँदै गर्दा मंगलबार बेलुका झापाको भद्रपुरमा ट्रयाक्टरले किचेर एक बालिकाको मृत्यु भएको छ ।

छठ मनाउन हिडेँकी बालिकाको दुर्घटनामा मृत्यु

मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ पोखरीटोलका धिरज यादवकी ६ वर्षीया छोरी राशी रहेकी छन् ।


राशीका बुबा धिरज र आमा राखी यादवसँगै छठ पुजा गर्न मे १ त ५२३२ नम्बरको ट्रायाक्टरमा चढेर मेची नदीतर्फ जाँदै थिइन् । बेलुका ४ बजेतिर मेची नदीको पुलमा चढ्ने क्रममा राशी ट्रयाक्टरबाट खसेकी थिइन् ।


उनलाई सोही ट्रायाक्टरको चक्काले किचेको थियो । चक्काले किचेर गम्भीर घाइते भएकी बालिकाको मेची अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

प्रकाशित : कार्तिक २७, २०७५ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?