३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सामाजिक सञ्जालबाट ठग्ने पक्राउ

कान्तिपुर संवाददाता

विराटनगर — सामाजिक सञ्जाल प्रयोग गरी ठगीमा संलग्न भारतीय नागरिकसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । भाइबर, ह्वाट्सएप जस्ता सञ्जाल प्रयोग गरी ठूलो धनराशीको चिठ्ठा परेको भन्दै ठग्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जालबाट ठग्ने पक्राउ

पक्राउ पर्नेमा भारतको बिहारका मनोजकुमार ठाकुर, चन्दनकुमार भगत, पंकजकुमार साह, मोरङ कटहरीका खगेन्द्रप्रसाद रौनियार, प्रेमकुमार साह, रमेशकुमार साह र जहदाका टुनटुन साह छन् । उनीहरुले विभिन्न व्यक्तिबाट १६ लाख ५७ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।


उनीहरुले चिठ्ठा परेको भन्दै विभिन्न व्यक्तिहरुलाई रकम प्राप्त गर्नका लागि बैंकिङ प्रक्रिया, कर र सेवा शुल्कलगायत कामका लागि निश्चित रकम जम्मा गर्न लगाएर ठगी गरेको प्रहरीको भनाइ छ ।

उनीहरुको साथबाट केही नगद, मोइबल र न्यू क्राइम २४ डट कम नामक संस्थाबाट जारी गरिएको ‘प्रेस रिपोर्टर’ परिचयपत्र फेला पारेको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता २०७४ बमोजिम म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

प्रकाशित : कार्तिक २९, २०७५ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?