१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बलात्कारपछि हत्या प्रकरण : सहपाठीबाट भएको खुलासा

एन्जिला खड्काका सहपाठी दिपेन्द्र राई र पदमविर राईले सामूहिक बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो 
कान्तिपुर संवाददाता

उदयपुर — रौतामाई गाउँपालिका ३ लाफागाउँस्थित अमलाकी १२ वर्षीया बालिका एन्जिला खडकाको आफ्नै सहपाठीबाट बलात्कारपछि हत्या भएको खुलेको छ ।

बलात्कारपछि हत्या प्रकरण : सहपाठीबाट भएको खुलासा

एन्जिलाको सहपाठी दिपे भन्ने १५ वर्षीय दिपेन्द्र राई र रोजन भन्ने १७ वर्षीय पदमविर राईले सामूहिक बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो ।


रौतामाई ३ अमलाकै दिपेन्द र एन्जिला स्थानीय जनता माध्यमिक विद्यालय रसुवा लाफागाँउ कक्षा ९ मा अध्ययनरत थिए । गत शनिबार बाख्रा चराउन घर नजिकैको बुर्खाडाँडा जंगलतर्फ गएकी एन्जिलालाई पछ्याउँदै दिपेन्द्रले उनका साथी पदमविरसँग मिलेर सामूहिक बलात्कार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


एक्लै बाख्रा चराउन जंगल गएकी एन्जिलालाई दिपेन्द र पदमविरले हत्या गर्नुअघि र पछि पनि बलात्कार गरेको प्रहरीले जनाएको छ । एन्जिलाको हत्या आरोपमा दिपेन्द्र र पदमविरलाई प्रहरी नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए ।


‘सिकार खेल्न जंगल गएका दिपेन्द्र र पदमविरले एन्जिलालाई बलात्कार गरेको अनुसन्धानमा देखिन्छ,’ राईले भने, ‘बलात्कार गर्दा एन्जिलाले पनि प्रतिवाद गरेको देखिन्छ ।’ दिपेन्द्र र पदमविरको र एन्जिलाको घाँटी र शरीरको विभिन्न भागमा चोटपटक देखिएकाले प्रतिवाद भएको हुन सक्ने प्रहरी उपरीक्षक राईले बताए ।


दिपेन्द्र र पदमविर सिकार खेल्न गएको भनिए पनि उनीहरूसँग हतियार (बन्दुक) भए नभएको प्रहरीले जानकारी गराएन । दिपेन्द्र एन्जिलाको सहपाठी हुन् भने पदमविर निरक्षर छन् । गाउँघरतिर गुलेली खेल्ने चरा मार्ने र डुलेरै गुजारा गर्ने गरेको एन्जिलाका काकासमेत रहेको ३ नम्बर वडाकै वडाध्यक्ष दुर्गराज खड्काले बताए ।


प्रहरीले मुख्य अभियुक्त भने दिपेन्द्र भएको जनाएको छ । पदमविरले सहयोगीमात्रै भएको बताइएको छ । बलात्कारपछि हत्या गरेर एन्जिलाको घर नजिकैको जंगलमा लगेर शव व्यवस्थापन गर्न खोजिएको घटनाको अनुसन्धान गरिरहेका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए ।


‘शव भेटिएको स्थानमा बलात्कार र हत्या गरेको जस्तो देखिँदैन,’ प्रहरी नायब उपरीक्षक रानाभाटले भने, ‘घटना र शव भेटिएको स्थान फरकफरक हुन सक्छ, घटना अन्यत्र घटाई शवमात्रै घर नजिकै लगेर फालिएको हो ।’ यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।


एन्जिला हत्यमा तालिम प्राप्त कुकुरसहित प्रहरी नायव उपरीक्षक रानाभाटको नेतृत्वमा गएको टोलीले अनुसन्धान गरेको थियो । एन्जिलाको शव मुखमा नेपकिन पेपर, मलद्वार च्यातिएको, योनी सामान्य अवस्थामा नरहेको, घाँटीमा नङ गाडिएको, अन्य ठाउँमा पनि चिथोरेको घाउ देखिएको अवस्थामा

भेटिएको थियो ।


यसैबीच छोरीको हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्ने एन्जिलाका बुवा दुर्गाबहादुर खडकाले बताए । दुर्गबहादुरकी दुई छोरीमध्ये एन्जिला कान्छी छोरी हुन् । उनका एक भाइ छोरा छन् ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?