कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हिंसाका घटना बढे

बलात्कारका २६ घटनामा बालिका बढी पीडित

उदयपुुुर — उदयपुरमा पछिल्लो १० महिनाको अवधिमा बलात्कारका घटना बढेको तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) ले बिहीबार सदरमुकाम गाईघाटमा गरेको कार्यक्रममा हिंसाको घटना बढेको देखाइएको हो । जिल्लामा ३९ बलात्कारका घटना घटेको तथ्यांक प्रस्तुत भएको थियो ।

३९ घटनामध्ये २६ बलात्कार र बाँकी १३ बलात्कारको प्रयास रहेको बताइएको छ । तथ्यांकअनुसार बलात्कार र बलात्कारको प्रयासबाट २१ बालिका र १८ महिला प्रताडित भएका छन् । कार्यक्रममा सन् २०१८ को जनवरीदेखि अक्टोवरको अन्तिमसम्म अर्थात् १० महिनामा जिल्लामा ७० मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरू घटेको देखाइएको छ ।


सबै घटना गैरराज्य पक्षबाट भएको तथ्यांकले देखाएको छ । समग्र घटनाबाट ७३ पीडित भएका छन् । इन्सेकको अभिलेखमा रहेका ७० घटनामध्ये ३४ अदालतले फैसला र मेलमिलापकर्तामार्फत मिलापत्र गरिएको जनाइएको छ ।


तथ्यांकमा ७ वर्षीया बालिका आफ्नै हजुरबुुवाबाट बलात्कारको सिकार भएको देखाएको छ । अपाङगता भएका महिला र बालबालिका जो अरूको सहयोगमा जिउन बाध्य हुन्छन्, जो प्रतिकार गर्न सक्दैनन्, उनीहरू पनि बलात्कारको सिकार भएको देखाइएको छ ।


तथ्यांकले बालिका बालकबीच नै बलात्कारका घटना घट्नु निकै ठूलो चुनौतीका रूपमा देखापरेको बताइएको छ । ५ वर्षकी बालिका र १० वर्षको बालक, ७ वर्षकी बालिका र १० वर्षको बालकका बीच शारीरिक सम्र्पक हुुनु लज्जास्पद विषय भएको तथ्यांकमा उल्लेख छ ।


मोरङमा बलात्कारका ५५ घटना

मोरङ जिल्लामा १० महिनामा ५५ वटा बलात्कारको घटना भएको छ । इन्सेक विराटनगरले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१८ को १० महिनामा मोरङमा १ सय ३५ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् ।


जसमा ६५ जना बालबालिकासहित कुल १ सय ७१ जना पीडित भएका छन् । जिल्लामा भएको ५५ वटा बलात्कारकाो घटनामा ४३ जना बालिका र १३ जना महिला पीडित भएको तथ्यांकमा उल्लेख छ । यस्तै, २७ वटा बलात्कार प्रयासको घटनामा ११ जना बालिका र १६ जना महिला पीडित भएका छन् । १ बालक, १ बालिका, ६ महिला र ३ पुरुषको गरी ११ जनाको हत्या भएको तथ्यांकमा उल्लेख छ ।


हत्या प्रयास, कुटपिट ७, घरेलुहिंसा ७, बहुविवाह १०, मानव बेचबिखन २, गोली प्रहार १, बम बिष्फोट ३, तोडफोड १, अपहरण २, बालविवाह १, अप्राकृतिक मैथुन १ र राज्यपक्षबाट नागरिक तथा राजनीतिक अधिकाार हननो ३ वटा घटना भएको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : मंसिर १, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?