भरतमोहनलाई नागरिक अभिनन्दन

मोरङ — पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा शनिबार नागरिक अभिनन्दन गरिएको छ । 

भरतमोहनलाई नागरिक अभिनन्दन

एलिट क्लब विराटनगरको अगुवाईमा गठित नागरिक अभिनन्दन समारोह समितिले अधिकारीलाई अभिनन्दन गरेको हो । महोत्तरीको भ्रमणपूरामा जन्म भइ मोरङको विराटनगर कर्मथलो बनाएका अधिकारीको योगदानको कदर गर्दै ८२ वर्षको उमेरमा नागरिक अभिनन्दन गरिएको हो ।

अधिकारीलाई प्रदेश १ प्रमुख प्रा डा गोबिन्दबहादुर तुम्बाहाङले अभिनन्दन पत्र हस्तान्तरण गरे ।

उनले मोरङबाट ०४८, ०५१ र ०५६ सालमा तीन पटक सांसद र पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । २०५१ सालको ९ महिने सरकारमा अर्थमन्त्री हुँदा उनले ल्याएको आफ्नो गाउँ आफै बनाऔं र ज्येष्ठ नागरिक भत्ता कार्यक्रम लोकप्रिय भएको थियो ।


विराटनगरस्थित तत्कालीन जुद्ध हाईस्कूलबाट विद्यालय शिक्षा अध्ययन गरेका अधिकारी विद्यार्थीकाल देखि नै वामपन्थी राजनीतिमा सक्रिय थिए । तीन छोरीका पिता उनी अहिले ललितपुरको सानेपामा अवकाशपूर्ण जीवन बिताइरहेका छन् ।


तुम्बााहांङले अधिकारी पढाईप्रति अत्यन्तै लगाव भएका, पार्टीको संगठन गर्न सिपालु र राजनीतिक सिद्धान्तप्रति प्रतिबद्ध राजनेता भएको बताए ।


प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अग्रज नेता अधिकारीले गरेको मार्गदर्शनको अनुशरण गरेर अघि बढने प्रतिबद्धता जनाए ।


अधिकारीले प्रदेश १ को स्थायी राजधानी विराटनगर बनाउन सुझाब दिए । ‘विराटनगरमा आवश्यक पूर्वाधार भएकोले राजधानी बनाउने विषयमा धेरै भावुक बन्नु हुँदैन,’ उनले भने, ‘मुलुकको पहिलो औद्योगिक र राजनीतिको राजधानी विराटनगरका शैक्षिक र स्वास्थ्य क्षेत्रले फड्को मारिसकेकाले प्रदेशको राजधानीका लागि यसको विकल्प छैन ।’

प्रकाशित : मंसिर १, २०७५ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?