भरुवा बन्दुकसहित पक्राउ

तेह्रथुम — फेदाप गाउँपालिका ५ बाट प्रहरीले भरुवा बन्दुकसहित १ जनालाई नियन्त्रणमा लिएको छ । घरायसी झगडामा श्रीमान्‌ले भरुवा बन्दुकले हान्न खोजेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी गरेकी थिइन् ।

उजुरीका आधारमा वर्ष ४० का बुद्धबहादुर तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए । पक्राउ परेका तामाङलाई हातहतियार खरखजनाअन्तर्गत मुद्‍दा चलाइने प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १, २०७५ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?