१२ वर्षीया बालिकालाई करणी गर्ने पक्राउ

अर्जुन राजवंशी

दमक — १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दमकबाट एक युवक पक्राउ परेका छन् ।

१२ वर्षीया बालिकालाई करणी गर्ने पक्राउ

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ घर भई हाल दमक–३ मा डेरा गरी बस्ने २५ वर्षीय दीपक धमला रहेका छन् ।


उनले बालिकालाई ललाईफकाई नजिकैको हम्सेदुम्से सामुदायिक जंगलमा लगेर करणी गरेको प्रहरीले जनाएको छ ।


बालिकालाई करणी गरेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । धमलालाई सोमबार राति ८ बजे घटनास्थल नजिकैबाट पक्राउ गरेको दमक प्रहरीले जनाएको छ ।


पीडित बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका धमलालाई थप अनुसन्धान भइरहेको प्रहीले जनाएको छ ।

प्रकाशित : मंसिर ४, २०७५ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?