पुसमा इलाम महोत्सव

इलाम — दिगो पर्यटन विकासमा सघाउने उद्देश्यले इलाममा यही पौस ५ देखि १६ सम्म पर्यटन महोत्सव हुने भएको छ । इलाम पर्यटन प्रवर्द्धन सरोकार मञ्चको आयोजनामा मेची क्षेत्र पर्यटन महोत्सव आयोजना हुन लागेको हो ।

पर्यटन प्रवर्द्धन लागि जिल्लामा प्रसस्तै स्थान र विषेशता भए पनि व्यावसायिक पर्यटनले अपेक्षाकृत गति लिन नसकेको अवस्थामा महोत्सवको आयोजना गर्न लागिएको हो ।


इलाम बजारस्थित ठूलो टुँडिखेलमा आयोजना हुने महोत्सवमा साविक मेची अञ्चल क्षेत्रका स्थानीय उत्पादन, कला संस्कृति, राष्ट्रिय कलाकारको प्रस्तुति, रमाइलो मेला, ट्राभलहरूबाट प्याकेज बिक्री, जातीय खानाको परिकार, प्रदेश १ का होटल व्यवसायीको भेला, पर्यटन व्यवसायीको भेला, विभिन्न साहित्यिक श्रष्टाबाट साहित्यिक कार्यक्रम, वृद्ध, बच्चा र विद्यार्थी लक्षित कार्यक्रम, भेडा, चौंरी, अवलोकन, घोडचढीलगायतका कार्यक्रम राखिएको छ ।


इलामका विषेशतालाई देश विदेशमा प्रचार गर्न र आगन्तुकको संख्या बढाउन महोत्सव फलदायी हुने अपेक्षा गरिएको छ ।


पर्यटन प्रवद्र्धनकै लागि सिद्धिथुम्कामा भर्खरै महोत्सव सकिएको छ । त्यस्तै जमुनाको ढापपोखरी, फिक्कल लगायत स्थानमा नियमित महोत्सवको आयोजना गरेर प्रचार बढाउने प्रयास हँुदै आएको छ । इलाम बजार स्थापनाको २ सय वर्ष गाँठका अवसरमा गत वैशाखमा पनि इलाम नगरपालिकाले महोत्सव आयोजना गरेको थियो ।

प्रकाशित : मंसिर ४, २०७५ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?