कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

मुसा मार्न व्यस्त छन् सतार जातिका युवा

देवनारायण साह

मोरङ — हातमा गुलेली, काँधमा कोदालो, प्लास्टिक झोला, बोरा र लाइटरलगायत सामाग्री लिएर बालकदेखि युवासम्मका एक हुल खेततर्फ लागे । उनीहरुको तयारी हेर्दा ठूलै जनावरको सिकार गर्ने जस्तो ।

मुसा मार्न व्यस्त छन् सतार जातिका युवा

धनपालथान गाउँपालिका ६ कदमहाका सतार जातिका बालक तथा युवाहरु जनावरको सिकार गर्न नभइ, मुसा मार्न निस्किएका थिए । ८ जनाको समूह पिण्डेश्वर आधारभूत विद्यालय अगाडिको धान खेतमा पुगेर मुसा मार्ने थाले । ती जातिमा धान र गहुँबाली भित्र्याउने मौसम सुरु भएसँगै मुसाको सिकार गर्ने परम्परा छ ।


खेतमा मुसाको दूलो भेटिएपछि कसैले कोदालोले खन्न थाले भने, कसैले आगो बाले र माथिबाट माटोले दूलो पुरे । धुवाँको मूस्लोसँगै मुसा निस्किन्छ कि भनेर उनीहरु गुलेली र कोदालो लिएर ढुक्न थाले । तर, मुसा निस्केनन् । त्यसपछि धुवाँ निस्केका दूलोहरु खन्दै जाँदा अचेत मुसा उनीहरुले भेटे ।


सनोजले दूलो खनेर मुसा निकाल्न कम्तीमा आधा घण्टादेखि १ घण्टा लाग्ने गरेको बताए । उनका अनुसार एउटा दूलोमा कहिलेकाहीं माउसहित ५/६ वटा बच्चा मुसा भेटिन्छन् । मुसाको दूलोमा धान र गहुँको सिजनमा अन्न भण्डार हुन्छ । एउटै दूलोमा ५/१० किलो धान/गहुँ भेट्ने गरेको शिपलाल बेस्राले बताए ।


अल्पसंख्यक समुदाय सतार जातिको मुसा मारेर खानुका साथै अन्न संकलन गर्ने पुर्ख्यौली पेसा हो । ती समुदायका युवा तथा बालबालिकाहरु मासुका अलावा रमाइलोका लागि पनि मुसा सिकार खेल्छन् ।


मुसाको मासु मीठो हुने भन्दै सतारबाहेकका मानिस पनि यसको सिकारमा निस्कन थालेका छन् । जहदा ४ का रोशनकुमार महतो मासु र धान संकलनका लागि मुसाको सिकार गर्न जाने गरेको बाए । उनले दिनमा १०/१५ किलो धान र १५/२० वटासम्म मुसा मार्ने गरेको सुनाए । मुसाका सिकारीहरु खेतबारीका साथै खोला, नदीमा पनि मुसा मार्न जान्छन् ।


धानपालथान ६ का राजु किस्कुले खोला, नदीको मुसा ठूलो र मोटो हुने बताए ।


प्रकाशित : मंसिर ९, २०७५ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?