सूर्योदय हेर्न झिसमिसेमै पटेकडाँडा

तेह्रथुम — धनकुटा र तेह्रथुमको सिमा पटेकडाँडामा सुर्याेदयको दृश्य हेर्न आउनेको भिड बढदो छ । मनोरम सुर्योदयको दृश्य देखिने पटेकडाँडा र धार्मिक महत्वको मार्गापोखरी एकै स्थानमा भएकाले यहाँ आउने पर्यटकको संख्या बढेको हो ।

सूर्योदय हेर्न झिसमिसेमै पटेकडाँडा

२ हजार ७ सय २७ मिटरको उचाईमा रहेको पर्यटकीय यो डाँडाबाट सूर्योदयको दृश्य हेर्न भारतको बिहारबाट समेत पर्यटक आइरहेका छन् । बेलुका शुक्रवारे, सिंधुवा, चित्रे र बसन्तपुर वजारमा आएर बास बसेका पर्यटकहरू बिहानको झिसमिसेमै मनोरम सुर्योदयको दृश्य हेर्न चिसोको कुनै प्रवाह नगरी उकाले लाग्छन् ।


यस क्षेत्रको पर्यटकीय तथा धार्मीक बिकासका लागि दुवै जिल्ला जिल्लाका स्थानीय तह र प्रदेश सरकार समेत लागीपरेको छ । यस क्षेत्रलाई प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना प्रदेश सरकारले समेत अघि सारेको धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद इन्द्रमणी पराजुलीले बताए ।


पटेकडाँडा र आसपासका क्षेत्रमा पर्यटकीय भौतिक संरचना निर्माणका लागि चालु आवमै खर्च गर्ने गरी प्रदेश सरकारले १ करोड ५० लाख रुपैंयाँ बजेट बिनियोजन गरेको छ । यस क्षेत्रलाई पर्यटकीय बिकास गर्न धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिका र तेह्रथुमको छथर गाउँपालिका र लालीगुराँस नगरपालिका पनि लागीपरेका छन् ।

प्रकाशित : मंसिर २०, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?