कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

युवक हत्या रहस्यमय बन्दै

८० जनालाई सोधपुछ

धनकुटा — कात्तिक दोस्रो साता हिले बजारमा भएको युवक हत्याको घटनामा सम्लग्न अझै पत्ता लाग्न नसक्दा घटना रहस्यमय बनेको छ ।

दशैं तिहार अवसरमा लाग्ने मेला सञ्चालन गर्न गएका ३८ वर्षीय रामबहादुर चौधरीको मेलास्थलमा सुतिरहेको अवस्थामा कात्तिक १६ राति हत्या भएको थियो ।


घटनाको अनुसन्धानका क्रममा हालसम्म ८० जनालाई सोधपुछ गरिसकिएको प्रहरीले जनाएको छ । एउटै घटनामा यत्ति धेरैसंग सोधपुछ गरिएको धनकुटा प्रहरीमा पहिलो पटक रहेको स्रोतले जनाएको छ ।


सुनसरीको इटहरी उपमहानगरपालिका १५ का मृतक चौधरीलाई धारिलो हतियार प्रहार गरि हत्या भएको प्रहरीको भनाई छ । घटनामा तत्काल प्रहरी नायव उपरिक्षक उमेश लम्सालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।


तर लम्सालको सरुवा भएपछि पुन: प्रहरी निरीक्षक सुरज खडकाको नेतृत्वमा छानविन समिति गठन गरिएको जिल्ला प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले बताए । एक महिनाको अवधिमा घटनाको नजिक पुगेको उनको भनाइ छ । ‘हामी घटनाको अनुसन्धानमा गम्भीर भएर जुटेको छौं’, गुरुङले भने, ‘संलग्न व्यक्तिको पहिचान भएरै छोड्ने छ ।’


तर लामो समयसम्म घटनामा संलग्न पत्ता लाग्न नसकिएको स्थानीयले गुनासो गरेका छन् । मेला सञ्चालन गर्ने १६ जनाको समुह मध्ये अरु होटलमा सुतेका थिए । तर हत्या गरिएका चौधरी मात्र मेला स्थलमा एक्लै सुतेको प्रहरीले जनाएको छ ।


घटनामा प्रदेश प्रहरी कार्यालयबाट व्यूरो र पोलिग्राफ टोलीले गम्भीर रुपमा अनुसन्धान गरिहेको प्रहरी प्रमुख गुरुङले जानकारी दिए । अपराधमा सम्लग्न उम्कन नसक्ने पनि उनको दावी छ । अनुसन्धानका क्रममा टेलिफोन कल डिटेल पनि लिइने घटना अनुसन्धान टोलीका संयोजक खड्काले बताए ।


कल डिटेल्सका लागि पूर्वस्वीकृति लिनुपर्ने भएकोले प्रक्रिया अघि बढेको उनले जानकारी दिए । उनले घटनाबारे प्रदेशको २ समूह र जिल्लाको एक समूहले अनुसन्धान गरिरहेको बताए । यसैबिच मृतक चौधरीको पार्टनर समेत रहेका मुख्य ठेकेदार सुनसरीको भुम्काका राजु भनिने राजकुमार राई भने प्रहरी अनुसन्धान कै क्रममा धरौटीमा गत सुक्रवार छुटेका छन् ।


घटनास्थल हिले प्रहरी चौकीदेखि करिब २ सय मीटरको दूरीमा रहेको छ । पर्याप्त सुरक्षा व्यवस्था नभएको पनि स्थानीयको गुनासो चुलिएको छ ।

प्रकाशित : मंसिर २०, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?