१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

दमक — भारतीय मालबाहक ट्रकले ठक्कर दिदा मंगलबार दिउँसो झापाको दमक नगरपालिकामा बाबुछोराको मृत्यु भएको छ । 

ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

दिउसो साढे १ बजे दमकको पश्चिम बस स्टेण्डमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार मोरङ पथरीशनिश्चरे नगरपालिका ९ का ६३ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्र गिरीको मृत्यु भएको हो । मोटरसाइकल छोरा हेमचन्द्रले चलाएका थिए भने बुबा धनप्रसाद पछाडि सवार थिए ।


पूर्वबाट पश्चिम जाँदै गरेको एचआर २७ जे ०६२५ नम्बरको भारतीय मालबाहक ट्रकले एकै दिशामा रहेको को ३३ प ७९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बाबुछोराको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए ।


ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : मंसिर २५, २०७५ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?