कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

राजपाका नेताले इन्जिनियरलाई कुटे 

प्रदीप मेन्याङ्बो

सुनसरी — पुरानो नक्साअनुसार घर नक्सा पास गर्न दबाब दिएपछि नमान्दा इनरुवा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर इन्द्रनन्द साहलाई राजापाका नेता राजीव मेहेताले कार्यकक्षमै हातपात गरेका छन् । 

राजपाका नेताले इन्जिनियरलाई कुटे 

उनी राजपा सुनसरीका पूर्व जिल्ला सभापति अरविन्द मेहताका छोरा हुन् । राजिव राष्ट्रिय जनता पार्टी (राजपा)का स्थानीय नेता हुन् ।


३५ वर्षीय उनी इनरुवा–४ बस्दै आएका छन् । ५७ वर्षीय इन्जिनियर साहमाथि हातपात गरेपछि त्यसको विरोधमा नगरपालिकाका कर्मचारीहरुले मंगलबार ४ घण्टा काम बन्द गरेका थिए ।


इनरुवा नगरप्रमुख राजन मेहेताले भने, ‘पुरानो नक्साको आधारमा घर नक्सा पास गराउन राजिवले दबाब दिए । इन्जिनियर साहले नयाँ नक्सा अनुसार त्यसको मापदण्डमा मात्र नक्सा पास हुने बताएपछि हातपात भएको थियो । अहिले उनी पक्राउ परेका छन् । कर्मचारी काममा फर्केका छन् ।’


नगरपालिकाका कर्मचारीहरुले साहमाथि दबाब दिएर हातपात गर्ने दोषी मेहेतामाथि कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि राजिवलाई जिल्ला प्रहरीले पक्राउ गरेको हो ।


इन्जिनियर साहले आफूलाई राजिवले आक्रमण गर्दा नगरपालिकाका सहकर्मीहरुले जोगाएर बचेको बताए ।

प्रकाशित : मंसिर २५, २०७५ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?