कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बन्दुक पड्केर मृत्यु

रमेशचन्द्र अधिकारी

धनकुटा — आफैले भिरेको भरुवा बन्दुकबाट पाख्रिबास नगरपालिका–८ मुगाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय भीम कुमार राई रहेको प्रहरीले जनाएको छ । 

मुगाको चुवाडे खोलामा साँझ जंगली जनावर मार्न गएका उनी मृत अवस्थामा फेला परेका थिए ।बन्दुक अचानक पड्किएर मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।


उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुरज खड्काले बताए । बाादर तथा दुम्सी लगायत जंगली जनावरले बालीनाली नष्ट गरेपछि भरुवा बन्दुक पड्काएर भगाउन जानेक्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ ।


मृतकको शव मंगलबार पोष्टमार्टम गरी आफन्तले दाहसंस्कारको लागि जिम्मा लिएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २५, २०७५ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?