मोटरसाइकल चालकको मृत्यु

दमक — बसको ठक्करबाट मंगलबार साँझ झापाको दमकमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका ९ का ४८ वर्षीय देवीप्रसाद राई छन् । 

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार दुर्घटना बेलुका ५ बजे दमक ४ स्थित पूर्वपश्चिम राजमार्गमा भएको हो । ना ४ ख ६७८२ नम्बरको बसले विपरीत दिशाको मे २ प ३३०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।


ठक्करबाट सख्त घाइते मोटरसाइकल चालक राईको उपचारका क्रममा स्थानीय लाइफ लाइन अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार चालक भने फरार छन् ।

प्रकाशित : मंसिर २५, २०७५ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?