कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नयाँ सहर’ का लागि सर्वसाधारणले बुझाए लालपुर्जा

मोरङ — जिल्लाको पुरानो सहर रंगेली नगरपालिकामा नयाँ सहर निर्माणका लागि सर्वसाधारणले सोमबार ६१ बिघा जग्गाको लालपुर्जा हस्तान्तरण गरेका छन् ।

‘नयाँ सहर’ का लागि सर्वसाधारणले बुझाए लालपुर्जा

रंगेली नगरपालिका ७ का सर्वसाधारणले जग्गाको लालपुर्जा बुझाएका हुन् । सरकारले पुराना सहरलाई नयाँ सहर निर्माणको योजना अघि बढाएपछि स्थानीयले स्वतःस्फुर्त रूपमा जग्गाको लालपुर्जा हस्तान्तरण गरेका छन् ।


सर्वसाधारणले रंगेली नगरपालिकामा गएर वडा ७ का अध्यक्ष रामचन्द्र मण्डललाई ६१ बिघा जग्गाको लालपुर्जा बुझाएका हुन् । सरकारले हुलाकी राजमार्गसँग जोडिएको रंगेली बजारलाई सुविधा सम्पन्न सहरका रूपमा विकास गर्न जग्गा माग स्थानीयले उपलव्ध गराएका हुुन् । मण्डललाई निवेदनसहित लालपुर्जा बुझाएको स्थानीय शत्रुधन रजतले बताए ।


रंगेलीलाई ओझेलमा पार्दै योजना अन्यत्र लैजान खोजेको भन्दै रंगेली नगरपालिका वडा ६ का स्थानीयले पनि यसअघि ८५ बिघा जग्गाको लालपुर्जा नगरपालिकामा बुझाएका थिए । रंगेली नगरपालिकाका ९ वटै वडाका स्थानीयहरू आ–आफना वडामा नयाँ सहरको माग गर्दै लालपुर्जा बुझाउन थालेका हुन् ।


सरकाले रंगेलीको ४, ६ र ७ नम्बर वडालाई लक्षित गर्दै नयाँ सहरको योजना ल्याएको हो । नयाँ सहर स्थापनका लागि ५० बिघा जग्गा आवश्यक पर्ने नगरपालिकाले जनाएको छ ।


नयाँ सहर आयोजनाले पक्की नाला, सडक, खेल मैदान, सभाहलसहितको पुूर्वाधारयुुक्त सहर विकास गर्ने योजनना छ । रंगेलीमा नयाँ सहरका लागि ३०/३० करोडको लागतमा ४ वटा योजना निर्माण गरिने सरकारको लक्ष्य छ ।

प्रकाशित : मंसिर २५, २०७५ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?