२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

उँधौली मेला सुरु

तेह्रथुम — लालीगुराँस नगरपालिका वसन्तपुरमा रहेको चोत्लुङ पार्कमा किराँत समुदायको उधौली मेला सुरु भएको छ । मेलामा भारत, बेलायत, सिंहापुर र नेपालका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली भाषी लिम्वु र अन्य किराँत समुदायका अगुवाहरूको सहभागिता छ ।

उँधौली मेला सुरु

लिम्बु जातिको संस्कारमा आधारीत अन्तराष्ट्रिय स्तरको यो पार्क नगरपालिकाको सहयोगमा मेला आयोजना गरिएको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताए । यसअघि नगरको १४ लाख रुपैंया लागतमा पार्क बनाइएको माबोहाङले जनाए ।


मेलामा खासगरी लिम्बु समुदायको जन्म, मृत्यु, विवाह, उद्यौली उभौलीजस्ता मौलिक र जातीय पहिचानसँग सम्बन्धित कार्यक्रम आयोजना हुने मेला आयोजक समिति अध्यक्ष विकास सोदेम्बाले बताए । मेलामा यी पर्व र संस्कारमा आधारित आवश्यक सामानसमेत राखिने आयोजकले जनाएको छ । लिम्बू जाति प्रकृतिपूजक मानिन्छन् ।


लिम्बू जातीले ढुंगा र माटोलाई विशेष पुजाआजा गर्छन् । ढुंगालाई विशेष देवताको रुपमा पुजा गर्ने लिम्वु जातीको धेरै पुरानो संस्कार हो । लिम्बु समुदायको धर्मग्रन्थको रुपमा लिइने मुन्धुममा ढुंगालाई विशेष महत्व दिएको छ । जन्म र मृत्यु संस्कारमा लिम्बू जातिले ढुंगालाई प्रयोग गर्छन् ।


मेला आयोजनास्थल चोत्लुङ पार्कमा लिम्बू जातीको जन्मदेखि मृत्यु संस्कार सम्ममा प्रयोग हुने ढुंगाहरू देश विदेशबाट संकलन गरेर राख्ने काम पनि भैरहेको मावोहाङले बताए । पार्कलाई लिम्वुहरूको चोत्लुङ (सिद्धीस्थल) को रुपमा बिकास गरिने नगरपालिकाले योजना अघि सारेको छ ।


जन्मदेखि मृत्युसम्म लिम्वु जातीको संस्कार पृथक छ । यो संस्कारलाई जीवित राख्न सकियो भने मात्र पनि लिम्बु संस्कार हेर्न, वुझ्न, अध्ययन र अनुसन्धान गर्न आउने देशी विदेशीहरूको संख्या बढ्ने नगर प्रमुख माबोहाङले बताए ।


पार्कका विभिन्न स्थानमा राखीएका ढुंगामा यस्तै संस्कार झल्कीने आकृतिहरू कुदीएका छन् । पार्क र मेलाले यसक्षेत्रमा लिम्वु जातीको जातीय संस्कारमा आधारीत सांस्कृतिक पर्यटनको विकास हुने कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख तुम्बाहाङले बताए ।


पार्कमा निर्माण गर्न लागिएको संग्राहालयमा लिम्बू जातिले पुर्वमा शासन गर्दा प्रयोग गरेका हातहतियार तथा पुरातात्विक समानहरू, पुर्वका माझ किराँत, वल्लो किराँत र पल्लो किराँत क्षेत्रको राज्य सञ्चालनताका सीमा जोगाउन प्रयोग गरिएका ढुंगा तथा घरेलु हातहतियारसमेत ल्याएर राख्ने काम भइरहेको छ ।


मेलामा लिम्बू जातीको खानपान र संस्कार झल्कने सामान पनि राखिएको छ । यो जातीले नयाँ वर्ष वैशाखे पूर्णिमालाई उभौली र मंसिरे पूर्णिमालाई उधौलीका रुपमा धुमधाम मनाउने गर्छ ।


खेतबारीमा लगाएको अन्न घरमा भित्र्याउने समय मंसिरमा विशेष पुजाआजा गरेर मात्र नयाँ फलेको अन्नलाई घरको भकारीमा भित्र्याउने र त्यसपछि न्वागीको रुपमा चढाएर खाने लिम्बू जातीमा चलन छ । त्यस्तै खेतबारीमा अन्न लगाउने समयमा विशेष पुजाआजा गरेर किराँत जातीले उभौली मनाउने गर्छन् ।

पार्कलाई लिम्वु समुदायको मुन्धुम प्रशिक्षण केन्द्रको रुपमा समेत विकास गरीने नगर प्रमुख मावोहाङले योजना सुनाए । केही बर्षभित्रै पार्कमा अन्तराष्ट्रिय स्तरको चोत्लुङ मेला लगाउने तयारी समेत साथै भइरहेको छ । मेलामा अमेरिका, ब्रिटेन, जर्मन, फ्रान्स्, जापान, र भारतका अनुसन्धानकर्ताको उपस्थिति रहने नगर प्रमुख मावोहाङले बताए ।

प्रकाशित : मंसिर २७, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?