दिक्तेल–खानीडाँडा सडक धमाधम

खोटाङ — दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रका लागि सुरु गरिएको कामले गति लिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार रुपैयाँको बजेटमा करिब ११ किलोमिटर सडक कालोपत्रेका लागि सुरु कामले गति लिएको हो ।

दिक्तेल–खानीडाँडा सडक धमाधम

यो सडक निर्माणको ठेक्का याक्तुहाङ–साप–सिरुवा जेभीले लिएको हो । ११ किलोमिटर सडक यसमध्ये अहिलेसम्म साडे आठ किलोमिटर ट्रयाक ओपन कटिङको काम सकिएको निर्माण कम्पनी सम्बद्ध कल्याण दाहालले बताए । आगामी दश दिनभित्र काम सकिने दाहालले सुनाए । ‘यसका साथै नाली र स्ट्रकचरको काम सुरु भएको छ ।’ दाहालले भने, ‘स्ट्रकचरको काम अन्तरगत दुई हजार घनमिटरभन्दा धेरै ग्याविन भर्नुका साथै मेसिनरी वालको काम पनि धमाधम भइरहेको छ ।’


यो सडकको चौडाइ छ मिटर २५ सेमीको हुने छ । यसमध्ये तीन मिटर ७५ सेन्टिमिटर कालोपत्रे हुनेछ । गत असोज १ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी बीच सम्झौता भएको थियो । आगामी १८ महिनामा सकिने गरी द्रुत गतिमा काम बढाइएको दाहालले सुनाए । ‘देशभर ठेकेदारहरूको इमेज बिग्रिएकाले नमुनाका रूपमा काम सकेर बुझाउने लाइनमा छु ।’ दाहालले भने, ‘काम गर्ने निर्माण व्यवसायीहरू पनि छन् है भन्ने होस् भनेर काम तीव्र गतिमा बढाइएको छ ।’


यो सडक गत मंसिर १ गते प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शिलान्यास गरेका थिए । शिलन्यास कार्यक्रमको प्रमुख अतिथिका रूपमा बोल्दै प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले सडक साझा भएकाले गुणस्तरमा ध्यान दिनुपर्ने बताएका थिए ।


वर्तमान अवस्थामा सबैतिर गुणस्तरहीन काम भइरहेको चर्चा चलिरहदा यसबाट जोगिएर गुणस्तर काम गर्नुपर्ने भट्टराईले बताए । ‘सडक सबैको साझा हो ।’ भट्टराईले भने, ‘गुणस्तरीय सडकका लागि उपभोक्ताहरूले सहयोग गर्नुपर्छ ।’

प्रकाशित : मंसिर २८, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?