२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सिलचोङमा स्ट्रेचर अभियान

संखुवासभा — सिलिचोङ गाउँपालिकाभित्र उपचार अभावमा स्थानीयले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले ‘बृहत् स्ट्रेचर अभियान’ सञ्चालन गरिएको छ । अरुण पारिको दुर्गम मानिने सिलिचोङमा ‘बृहत् स्टेचर अभियान’ सुरु भएको हो ।

यस अभियानअन्तर्गत गाउँपालिकाभित्रका सबै (पाँचै) वडामा झन्डै एक सय स्ट्रेचर वितरण गर्ने लक्ष्य राखिएको अध्यक्ष रामबहादुर कुलुङले बताए । ‘उपचार अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले अभियान सुरु गरेका हौ,’ सिलिचोङ गाउँपालिका समन्वय समिति काठमाडौंका अध्यक्ष संयोगान्त कुलुङले भने, ‘जिल्लाका १० स्थानीय तहमध्ये यो गाउँपालिका मात्रै सडक सञ्जालको पहुँचबाहिर छ । एम्बुलेन्स किनेर पनि सदरमुकाममा मात्रै थन्क्याउनुपर्ने भएपछि ‘बृहत् स्ट्रेचर अभियान’ मा जुटेका हौं ।’


सिलिचोङ स्थायी घर भई काठमाडौं बसोवास गर्नेहरूबीच छलफल गरेर यो अभियानको थालनी गरिएको हो । पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले अरुण नदीमा पुल नहुँदा सिलिचोङलाई सडक सञ्जालमा जोड्न नसकिएको बताए ।


‘सडक निर्माणका लागि अरुण नदीमा पुलको सर्भे भइसकेको छ,’ उनले भने, ‘सडक सञ्जालमा जोड्न मेरो बलबुताले भ्याएसम्म प्रयास गरेको छु, सडक नभएकै कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर स्ट्रेचर अभियान सुरु गरिएको हो ।’


अभियानका लागि समन्वय समितिले आर्थिक संकलन सुरु गरेको छ । पूर्वराज्यमन्त्री गुरुङ, सशस्त्र प्रहरीमा कार्यरत समाजसेवी कृष्ण राईलगायत विभिन्न व्यक्तिले यस अभियानमा आर्थिक सहयोग गरिसकेका छन् । ‘विभिन्न दाताबाट अर्थ संकलन गरेर स्ट्रेचर खरिद गरी गाउँ र टोलटोलमा वितरण गर्छौं,’ उनले भने, आर्थिक हिसाब अत्यन्तै पारदर्शी गर्ने छौं ।’


सदरमुकामबाट गाउँपालिकासम्म पुग्न एक दिन हिँड्नुपर्छ । खाँदबारी नगरपालिका–११ को हेलुवाबेंसीसम्म मात्रै सडक छ । सिलिचोङ पुग्न हेलुवाबेंसीबाट अरुण नदी पार गरेर भोजपुरको बुङलिङ हुँदै जानुपर्छ, उनले भने, ‘नदीमा पुल नहुँदा हेलुवाबेंसीबाट सवारीसाधन तार्न सकिँदैन ।’ भोजपुरको दिङ्ला–बुङलिङ हँुदै सिलिचोङको बुधबारे बजारसम्म कच्ची सडक निर्माण भए पनि सञ्चालनमा छैन । त्यसैले स्थानीयवासी लामो पैदलयात्रा गर्न बाध्य छन् ।


२० हजारभन्दा बढी जनसंख्या रहेको सिलिचोङको ताम्कुमा प्राथमिक स्वास्थ्य केन्द्र छ । तर, कहिले औषधि त कहिले उपकरण अभाव हुन्छ । उपचारका लागि स्थानीयहरू खाँदबारी नै आउनुपर्छ । अरुण–३ जलविद्युत् परियोजनाले प्रभावित क्षेत्रलाई एम्बुलेन्स दिने भने पनि सडक नभएकाले सिलिचोङ गाउँपालिका यो अवसरबाट वञ्चित भयो ।


सिलिचोङको नाममा आएको एम्बुलेन्स खाँदबारी नगरपालिकाले सञ्चालन गर्न चाहेको थियो । तर, चौतर्फी विरोधपछि एम्बुलेन्स प्रयोगविहीन अवस्थामा छ ।

प्रकाशित : मंसिर २८, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?