भारतीय दर्शकलाई आकर्षित गर्न अत्याधुनिक सिनेमा हल

मोरङ — विराटनगरको मध्यबजारमा निर्माणाधीन सेन्ट्रल मलमा सेन्ट्रल मल्टिप्लेक्सले अत्याधुनिक सुविधा सम्पन्न सिनेम हल शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ ।

भारतीय दर्शकलाई आकर्षित गर्न अत्याधुनिक सिनेमा हल

सिनेमा हलकी अभिनेत्री दिपाश्री निरौला, अभिनेता दिपक गिरीलगायतका कलाकारले संयुक्त रूपमा उद्घाटन गरे ।


१६ हजार २ सय ३५ वर्गफिटमा निर्माण भएको मल्टिप्लेक्समा २५०/२५० सिट क्षमताका दुइटा सिनेमा हल रहेको छ । निलो र रातो रंगले दुबै हललाई छुट्टयाइएको छ । सिनेमा हलमा उच्च प्रविधिका टुडी र थ्रिडी स्क्रिन, डबली डिजिटल इफेक्ट सहितको जेबिएल ब्रान्डको सराउन्ड साउन्ड सिस्टम, वल्र्डहेल्थ अर्गनाइजेशन गुणस्तरका एसी जडान गरिएको मल्टिप्लेक्सका निर्देशक प्रकाश मुन्धडाले बताए । ‘दुबै सिनेमा हलमा गरी दैनिक २५ सय जनाले सिनेमा हेर्न पाउँछन्,’ उनले भने, ‘सिनेमा हलमा सिल्भर, गोल्डेन र महाराजा क्लासका प्लाटिनम सिट छ ।’


उनले दुबै हलमध्ये एउटामा नेपाली सिनेमा र अर्कोमा हिन्दी र अंग्रेजी सिनेमा सञ्चालन हुने बताए । ‘नेपाली सिनेमा हेर्न प्रतिटिकट २ सय ५० रुपैयाँ र हिन्दी तथा अंग्रेजी सिनेमा हेर्न ३ सय रुपैयाँ ग्राहक वर्गलाई तिर्नुपर्छ,’ उनले भने, ‘हलको पछाडिको सोफा सिटको भने ५ सय रुपैयाँ तिर्नुपर्छ ।’


मुन्धुडाले सुनसरी, मोरङलगायत जिल्ला र भारतको जोगबनी, फार्बिसगञ्जसम्मका ग्राहकलाई लक्षित गरेर सिनेमा हल निर्माण गरिएको बताए । मोफसलमा पहिलो पटक यति धेरै सिट क्षमता र अत्याधुनिक सुविधाको मल्टिप्लेक्स सञ्चालन गरिएकाले प्रदेश १ र सीमावर्ती भारतीय बजारका ग्राहक तान्न सफल हुने उनले बताए ।

प्रकाशित : मंसिर २९, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?