बहुधार्मिक संग्रहालय बन्दै

इलाम — पञ्चेवाजा, संखघन्टसहित बौद्धमार्गीको धार्मिक बाजाले सोमबार दिउँसो सदरमुकाम इलाम बजार गुञ्जिएको थियो । विभिन्न धर्मका अनुयायीले धार्मिक पहिरनमा सजिएर निकालेको यो यात्रा अरू बेलाभन्दा भिन्न लाग्थ्यो ।

करिव २ किलोमिटर टाढा इलाम नगरपालिका ६ सिङफ्रङबाट निकालिएको कलश यात्रामा विभिन्न धर्मावलम्बीको सामूहिक सहभागिताले धार्मिक सहिष्णुताको संकेत गर्दै आपसी सद्भावको गतिलो सन्देश दिएको थियो । यो सद्भावपूर्ण र्‍याली बहु धार्मिक संग्रहालय निर्माणका लागि थियो ।


सिङफ्रिङमा १६ औं पटक आयोजना हुन लागेको यज्ञको अवसर पारेर स्थानीयले धार्मिक सङ्ग्रहालय निर्माणको अभियान चलाएका छन् । मंगलबारदेखि पुस १० ्म्म चल्ने नारद पुराणको मुख्य उद्देश्य नै धार्मिक सङ्ग्रहालय निर्माण गर्नु हो ।


‘यो त्यो धर्म भन्ने नभएर अस्तित्वमा रहेका सवै धर्मलाई समेटेर सङ्ग्रहालय निर्माण गरिनेछ,’ आयोजक समितिका अध्यक्ष सन्दिप बुढाथोकीले भने, ‘यसमा स्थानीय स्तरका सवै धर्मावलम्वी यज्ञलाई सफल पार्न जुटेका छन् ।’ उनका अनुसार अस्तित्वमा रहेका हिन्दु, बौद्ध, किरात, इस्लाम, इसाईसहित ९ वटा धर्मका ग्रन्थ, धार्मिक सामग्री, भेषभूषा, बाजागाजालगायत धर्म झल्कने विभिन्न सामग्री

राखिने छ । नयाँ पुस्ताले एकै स्थानमा बसेर सवै धर्मबारे अध्ययन गर्न सकुन् भन्ने उद्देश्यले बहु धार्मिक सङ्ग्रहालयको परिकल्पना गरिएको हो । यो अभियानले बेलावेला उठ्ने धार्मिक र जातीय वितिष्णालाई पनि मत्थर पार्ने स्थानीयको बुझाइ छ । मेची राजमार्गदेखि केहि तल सामुदायिक अस्पताल नजिक स्थानीय बुढाथोकी परिवार प्रदान गरेको करिव ३ रोपनी जग्गालाई धार्मिक आस्थाको केन्द्रका रूपमा विकास गरिएको छ ।


२०५९ माघ ९ देखि १८ पुराण सम्पन्न गर्ने लक्षका साथ यहाँ यज्ञ सुरु गरिएको हो । विश्व शान्तिको कामना गर्दै उति बेला आयोजित पुराणमा पनि श्रीमदभागवत र दोभाङ एकै व्यासबाट बाचन गरिएको थियो । १८ पुराण लगाउने क्रममा सोयाङ, गजुरमुखीधाम लगायतलाई पनि रोजिएको थियो ।


जग्गा प्राप्तिपछि श्री सिंह सिद्धदेवी तथा देवी पाञ्चायन मन्दिर परिसरमा विगत ३ वर्षदेखि पुराणको आयोजना हुँदै आएको आयोजक संस्थाका सचिव रविन रायमाझीले वताए । मन्दिर परिसरमा नै बहु धार्मिक सङ्ग्रहालय पनि निर्माण हुनेछ ।


‘धार्मिक सहिष्णुतासँगै सङ्ग्रहालयका निम्ति बौद्ध मार्गीसहित अन्य धार्मावलम्वी पनि उत्तिकै सक्रिय छौं,’ समितिका सदस्य दलबहादुर योञ्जनले भने, ‘यज्ञका अवसरमा बौद्धलगायत धर्मावलम्वीले पनि आ–आफ्ना धार्मिक अनुष्ठान गर्नेछन् ।’

प्रकाशित : पुस ४, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?