कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ 

सुनसरी — ९ वर्षीया बालिकालाई मोबाइल खेलाउन दिएर मुख मैथुन गराउने एक अधबैँसेलाई प्रहरीले पक्राउ गरेको छ । 

बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ 

धरान–४ शिवजट्टा बस्ने ४० वर्षीय सन्तोष कार्कीलाई बालिकालाई मुख मैथुन गराएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । कार्कीले छिमेकी बालिकालाई मोबाइलमा अश्लील फिल्म देखाएर मुख मैथुन गराएका थिए । कार्की विवाहित हुन् ।


स्थानीय विद्यालयमा अध्ययनरत बालिकालाई गत मंसिर २९ गते साँझ घरमा कोही नभएको बेला फकाएर यौन दुर्व्यवहार गर्दै आफ्नो यौनाङ्गसँग बालिकालाई मुख मैथुन गर्न लगाएका थिए । बालिकाले उक्त घट्नाको बारेमा अभिभावकलाई बताएपछि बुधवार पीडित परिवारले कार्की विरुद्ध उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाका अनुसार पक्राउ परेका कार्कीलाई हिरासतमा राखेर थप अनुसन्धानका लागि बिहीबार जिल्ला अदालतबाट म्याद थप गरिएको छ । उनलाई जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाइएको छ ।

प्रकाशित : पुस ५, २०७५ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?