२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

मुलुकभरका चिकित्सा विद्यार्थी एकैठाउँ

विभिन्न सीप र कला प्रदर्शन

सुनसरी — मुलुकभरका मेडिकल कलेजमा अध्ययरतमध्ये करिब २ हजार जना चिकित्सा विद्यार्थीले ‘साइन्याप्स’ कार्यक्रममा कला प्रदर्शन गरेका छन् ।

मुलुकभरका चिकित्सा विद्यार्थी एकैठाउँ

कला र प्रतिभा प्रदर्शन गर्ने उत्कृष्टहरूलाई पुरस्कार प्रदान गरिएको छ । कार्यक्रमका मिडिया संयोजक शुभमकुमार अग्रवालका अनुसार चिकित्साशास्त्रका विद्यार्थीबीच भाइचारा, अतिरिक्त ज्ञान र प्रतिभा प्रदर्शन र सामाजिक सद्भाव जगाउन यस्तो कार्यक्रम गरिएको हो ।


वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजित साइन्याप्समा खेलकुदतर्फको टेबल टेनिस ब्वाइज सिंगलअन्तर्गत प्रतिष्ठानका प्रज्वल कार्की प्रथम र आइओएमका बम्सदिप थपलिया द्वितीय भए । गल्र्सअन्तर्गत प्रतिष्ठानकी मनिशा श्रेष्ठ प्रथम र किस्टकी सुस्मिता थापा द्वितीय भइन् ।


टेबल टेनिस ब्वाइज डबल्समा आइओएमका बम्सदिप र डिजेस प्रथम, प्रतिष्ठानका डा. सुजित र रवि द्वितीय भए । गल्स डवल्समा मनीषा र प्रकृति प्रथम, किस्टकी सुस्मिता र निधि द्वितीय भए ।


क्रिकेटतर्फ बीपी डाक्टर्स र केयुएसएमएसबीच भएको फाइनल म्याचमा बीपी डाक्टर्सले सात विकेटले जित हासिल गरेको थियो । फुटबलमा बीपी वाइटले सिएमसी सिनियर्सविरुद्ध १–१ गोलको बराबरीमा खेल टुंगिएपछि पेनाल्टीमा बीपी वाइटले ४–१ ले जित हासिल गरेको थियो । लेडिज फुटबलमा बीपी गल्र्स टिमले नोबेलविरुद्ध जित निकालेको थियो ।


बास्केटबल खेलतर्फ बीपी ब्ल्याक व्बाइजले केएमसीविरुद्ध ५४–४४ स्कोरको जित हासिल गरेको थियो । लेडिज बास्केटबलमा वीपी गल्र्स टिमले बिराट विरुद्ध २४–९ स्कोरको अन्तरले जितेको थियो । भलिबल पुरुषअन्तर्गत बीपी ब्लुले सिएमसीलाई र भलिबल महिलातर्फ बीपी ब्लु टिमले नोबेललाई पराजित गरेको थियो ।


चेसमा आइओएमका सुसान्त गौतम प्रथम, बीपी प्रतिष्ठानका सन्तोश थापा द्वितीय भए । डिजिटल गेम पबजी स्क्वार्ड प्रतियोगितामा वीपी प्रतिष्ठानका आशिष साही नेतृत्वको टिम प्रथम, विराटका निकिता कार्की नेतृत्वको टिम द्वितीय भए । कम्प्युटर गेम फिफा– २०१८ अन्तर्गत कम्सका निरज पौडेल प्रथम, वीपी प्रतिष्ठानमा उज्ज्वल राउत द्वितीय भए ।

हाजिरिजवाफमा सिएमसीको समूह प्रथम, बीपी ट्राइसेप्स द्वितीय भए । स्पेलिङ प्रतियोगितामा बीपी टिम ए प्रथम, बीपी टिम बि द्वितीय भए ।


नेपालीतर्फ बीपी प्रतिष्ठानका किरण चन्द्र पुन प्रथम, कम्सका उदेश पान्डे द्वितीय भए । स्लेम पोइट्रीमा अङ्ग्रेजीतर्फ किस्टकी निधि पाठक प्रथम, बीपीकी जैनाब साहिर पौल द्वितीय भए ।


स्केचिङअन्तर्गत कम्सका उदेश पान्डे प्रथम, बीपीका अविचल कुमार द्वितीय भए भने पेन्टिङमा बीपी प्रतिष्ठानका आकाश कुमार गिरी प्रथम, गिरिश ज्ञवाली द्वितीय भए । निबन्ध लेखन अङ्ग्रेजीतर्फ बीपी प्रतिष्ठानका शुभमकुमार अग्रवाल प्रथम, जैनाब साहिर पौल द्वितीय भए ।


छोटो कथा लेखनअन्तर्गत अङ्ग्रेजीतर्फ आइओएमका आसुतोश कस्यप प्रथम, बीपीकी बिदिशा भट्टराई द्वितीय भए । नेपालीतर्फ बीपीका हरिलाल केसी प्रथम, अमृत राज जैसी द्वितीय भए । पुस्तक समिक्षा लेखनअन्तर्गत अङ्ग्रेजीतर्फ नोबेलकी नुपुर अरोरा प्रथम, बीपीकी जैनाब साहिर पौल द्वितीय भए । अन्तिम दिनको आइतबार राति गायक सविन राईले डेढ दर्जन गीत गाए र सांगीतिक माहोलमा मनोरञ्जन दिएका थिए ।

प्रकाशित : पुस १०, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?