ठगी आरोपमा चार महिला पक्राउ

धनकुटा — भविष्यवाणी तथा तान्त्रिक विधिले जोखना हेर्ने भन्दै ठगी गरेको अभियोगमा चार महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापाको  भद्रपुर नगरपालिका १ की २८ वर्षीया हुस्नु वानु, बारा जिल्लाको गढीमाई नगरपालिका ३ घर भएकी ३० वर्षीया शनिचरी माली, वुधिया खातुन र २८ वर्षीया जयदा खातुन रहेको प्रहरीले जनाएको छ ।

ठगी आरोपमा चार महिला पक्राउ

गाउँबस्तीमा गएर प्रलोभनमा पार्दै उपचारसमेत गरिदिने वहानामा ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले जडिबुटी बरामत गरेको छ । गरगहनासमेत लुट्ने प्रयास गरेको स्थानीयले बताएका छन् । पक्राउ परेका चारै जनालाई प्रहरीले म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित : पुस २५, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?