आगो ताप्ने क्रममा विस्फोट हुँदा एक बालकको मृत्यु

देवनारायण साह

विराटनगर — विराटनगर महानगरपालिका १५ मा आगो ताप्ने क्रममा विस्फोट हुँदा एक सात वर्षीय बालकको मृत्यु भएको छ भने पाँच वर्षीया बालिका घाइते भएकी छिन् ।

आगो ताप्ने क्रममा विस्फोट हुँदा एक बालकको मृत्यु

विराटनगरका एसपी मनोजकुमार केसीका अनुसार आगो ताप्ने क्रममा भएको विस्फोटमा परी सुभाष मण्डलका ७ वर्षीय छोरा अमितकुमार मण्डलको उपचारको क्रममा मृत्यु भएको हो ।


विस्फोट पछि घाइते भएका दुई बालबालिकालाई उपचारका लागि गोल्डन अस्पताल पुर्‍याइए पनि अमितको उपचारको क्रममा मृत्यु भएको हो भने ५ वर्षे राधिकालाई थप उपचारका लागि कोशी अञ्चल अस्पताल रिफर गरिएको छ ।


के कारणले विस्फोट भएको भन्ने अहिलेसम्म यकिन हुन नसकेको र अनुशन्धानका लागि प्रहरीलाई घटनास्थलमा पठाइएको एसपी केसीले जानकारी दिएका छन् ।


प्रकाशित : पुस २७, २०७५ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?